back
CTIZAN AD

परीक्षा आवेदन फारम भर्ने म्याद थप गरिएकोबारे बिशेष सूचना

वि.सं.२०७६ माघ १२ आइतवार

873 

shares

१२ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले एक सूचना प्रकाशित गरेको छ ।

शुक्रबार स्नातकोत्तर तह प्रथम बर्षको मौका समेतको परीक्षा दिने आंशिक परीक्षार्थीहरूको परीक्षा आवेदन फारम भर्ने म्याद थप गरिएकोबारे सूचना प्रकाशित गरिएको हो ।

त्रिविको वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह प्रथम बर्षको परीक्षा दिने मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायका आंशिक परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पसमा र प्राइभेट तर्फका आंशिक परीक्षा दिने परीक्षार्थीहरूका साथै मौका परीक्षार्थीहरूको हकमा २०६२ सालमा प्रथम वर्षमा क्याम्पस भर्ना भई २०६३ सालमा पहिलो पटक प्रथम वर्षको परीक्षा दिएदेखि ६ वर्ष नाघी उत्तीर्ण हुन नसकेका र प्राइभेटको हकमा २०६३ सालमा प्रथम वर्ष पहिलो पटक परीक्षा दिइ ६ वर्ष नाघेर उत्तीर्ण हुन नसकेका परीक्षार्थीहरूलाई २०७६ सालमा अन्तिम पटकका लागि मौका परीक्षामा सम्मिलित हुने त्रि. वि. प्राज्ञिक परिषद्को निर्णय अनुसार त्यस्ता क्याम्पसका परीक्षार्थीहरूले आ-आफ्नो क्याम्पसमा र प्राइभेट परीक्षार्थीहरूले (गत साल पुरा परीक्षा दिएका र यस बर्ष आंशिक परीक्षा दिनेले गतसाल जुन ठाउँबाट परीक्षा आबेदन भरेको हो सोहीठाउँबाट भर्ने) यस कार्यालयमा र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा मिति २०७६ साल पौष १३ गते देखि मिति २०७६ साल माघ १४ गतेसम्म नियमित शुल्कमा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र २०७६ साल माघ २१ गते सम्म भनिएकोमा परीक्षा सञ्चालक समितिको मिति २०७६ साल माघ १० गतेको निर्णय अनुसार मिति २०७६ साल माघ २३ गते सम्म नियमित दस्तुरमा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र २०७६ साल फागुन १ गते सम्म परीक्षा आवेदन फारम भरी बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो बिशेष सूचना प्रकाशित गरिएको सूचनामा जनाइएको छ ।

अन्य सम्पुर्ण कुराहरु पुर्ब प्रकाशित सुचना अनुसार नै हुने पनि सूचनामा भनिएको छ ।

परीक्षा नियन्त्रक

वि.सं.२०७६ माघ १२ आइतवार ०८:५९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...