back
CTIZAN AD

पहिलोपटक अध्यागमनमा आफ्नै सफ्टवेयर

वि.सं.२०७६ माघ १३ सोमवार

705 

shares

१३ माघ, काठमाडौँ । पुरानो प्रविधि र कर्मचारीको सेटिङका कारण बदनाम नेपालको अध्यागमनमा प्रविधिगत रूपमा ठूलो सुधार भएको छ । पहिलोपटक अध्यागमनमा आफ्नै सफ्टवेयर जडान गरिएको छ भने हरेक यात्रुको रेटिनासहितको विवरण राख्न थालिएको छ ।

करिब १५ करोड रुपैयाँ खर्च गरेर अध्यागमन विभागले आफ्ना कार्यालयमा नयाँ प्रविधि जडान गरेको हो । प्रधानमन्त्री केपी ओलीले सोमबार जडान गरिएका प्रविधिको उद्घाटन गर्दै छन् ।‘अब नेपाल पोर्ट नामक आफ्नै सफ्टवेयर बनाएका छौँ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘यसअघि हाम्रो डाटासमेत सफ्टवेयर कम्पनीको नियन्त्रणमा हुने अवस्था थियो, अब पूर्ण रूपमा हाम्रै कर्मचारीले यसलाई चलाउने छौँ ।’ विभागले यसका लागि केही इन्जिनियर भर्ना गरिसकेको छ । ६ महिनाअघिसम्म अध्यागमनका सबै डाटा निजी कम्पनीको कब्जामा थियो ।

नयाँ सफ्टवेयरबाट होटेलसम्मै पर्यटकको निगरानी गर्न सकिन्छ । सो सफ्टवेयरमा होटेलले पर्यटकको विवरण अनिवार्य रूपमा भर्नुपर्ने नियम लागू गर्न लागिएको छ । हाल भिसाको अवधि सकिएका र अवैध रूपमा बस्दै आएका पर्यटकको कुनै जानकारी विभागलाई हुने गरेको छैन । सोमबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ माघ १३ सोमवार ०८:१३ मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...