१४ माघ, काठमाडौँ । सोलुखुम्बुको सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैरकानुन रुपमा कब्जा गरेको यती समूहले राजनीतिक प्रभावका आधारमा पूर्व पाथीभराको तीन सय १७ रोपनी सरकारी जग्गा पनि ८० वर्षका लागि सित्तैमा लिएको छ ।
सो समूहले काठमाडौँको गोकर्णको २७ सय रोपनी जग्गा पनि कौडीको भाउमा लिजमा लिइसकेको छ ।विराटनगरका पूर्वमेयर ध्रुर्वनारायण श्रेष्ठले पाथीभराका केबलकार सञ्चालन गर्न कम्पनी दर्ता गरेका थिए ।
आफ्नो नाममा रहेको ९५ रोपनी जग्गामा ‘बेस स्टेसन’ बनाउने तयारी गरेका उनले केबलकारका पोलहरु राख्ने र माथिल्लो स्टेशन बनाउने तयारी गरेका उनले केबलकारका पोलहरु राख्ने माथिल्लो स्टेशन बनाउने जग्गा उपयोग गर्न सरकारबाट अनुमति पाउन सकेका थिएनन् । मंगलबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ माघ १४ मंगलवार ०८:१२ मा प्रकाशित






























