back
CTIZAN AD

चितुवा आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत रकम प्रदान

वि.सं.२०७६ माघ १४ मंगलवार

714 

shares

१४ माघ, दमौली । चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका १० वर्षीय इशक सुनारको परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

डिभिजन वन कार्यालय तनहुँले किरिया खर्चवापत बालकको परिवारलाई आज रु ५० हजार राहत प्रदान गरेको हो । चितुवाको आक्रमणबाट बालक सुनारको सोमबार साँझ मृत्यु भएको थियोे ।

मृतक बालकको घरमा पुगेर आमा पवित्रा सुनारलाई राहत रकम प्रदान गरिएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए । चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराइनेछ ।
गाउँमा भएको छेवरको भोज खाएर फर्कने क्रममा चितुवाले बालकलाई आक्रमण गरेको थियो ।

आमासँगै रहेका बेला चितुवाले बालकलाई झम्टेर लिएर गएको थियो । घर नजिकै पुग्ने बेलामा चितुवाको आक्रमणमा परेका बालकको शव घरभन्दा ८० मिटर तल खोल्सामा फेला परेको थियो ।

चितुवाको आक्रमणबाट तनहुँमा २० महिनाको अवधिमा नौ बालबालिकाको मृत्यु भइसकेको छ । यसअघि चितुवाको आक्रमणबाट भानु नगरपालिकामा छ, शुक्लागण्डकी नगरपालिकामा एक र आँबुखैरेनी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिसको मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने नीति रहेको छ । यसअघि मृत्यु भएका सबै बालबालिकाका परिवारलाई राहत रकम प्रदान गरिसकेको डिभिजन वन कार्यालयले जनाएको छ ।रासस

वि.सं.२०७६ माघ १४ मंगलवार १०:११ मा प्रकाशित

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

स्याङ्जा । स्याङ्जाकाे अर्जुनचौपारी गाउँपालिका ले अत्यधिक भार बोकेर सञ्चालन...

पाहुनालाई कोसेली कोदोको बिस्कुट

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मङ्गलबारे । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको...

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...