back

गमला बनाएरै मासिक ५० हजार कमाई !

वि.सं.२०७६ माघ १४ मंगलवार

477 

shares
RBB AD
NTC AD

१४ माघ, सुरुङगा । झापाको बाह्रदशी गाउँपालिका–६ कुमालगाउँका सावित्रादेवी पण्डितले गमला बनाउन थालेको झण्डै तीन दशक पुगेको छ ।

उनले गमला बनाएर नै घर धानेकी छिन् । शुरुमा गमलासहित दियो, पाला, खुत्रुके बनाउँदै आए पनि पछिल्लो समय गमलाको माग बढेपछि अहिले उनले गमला मात्रै बनाउछिन् ।

ग्रामीण क्षेत्रदेखि शहरसम्म नै गमलाको माग बढेपछि उनीसहित उनका श्रीमान् रामेश्वर पण्डित बिहान सबेरैदेखि माटोको काममा निस्कन्छन् । गमलाका लागि रामेश्वरले बिहानभरि मुछेको माटोलाई दिउँसो सावित्रादेवीले गमला बनाएर सुकाउछन् । सावित्राले दैनिक झण्डै १०० वटा गमला बनाउने गर्छन् । ती गमलालाई सुकाएपछि रामेश्वरले भट्टीमा पकाउँछन् र त्यही गमला बेचेर पण्डित परिवारको जनजीविका चलेको छ ।

पण्डित दम्पतीले बनाएको गमला घरबाटै बिक्री हुन्छ । एउटा गमलाको होलसेल मूल्य रु ३० हो । बजारमा रु ५०–६० पर्ने गमलालाई पण्डित दम्पतीले घरबाटै व्यापारीलाई रु ३० मा बिक्री गर्नुहुन्छ । एक सातामा ५०० गमला बिक्री गर्ने पण्डित दम्पतीले महिनामा दुई हजार गमला बिक्री गर्छन् । साताकै रु १५ हजार गमला बेचेर कमाई गर्ने पण्डित दम्पतीको मासिक कमाई रु ६० हजार हुने गरेको छ ।

त्यसो त माटो खरीदका लागि मासिक रु १० हजार छुट्याउने पण्डित दम्पतीले घरमै बसेर गमला बनाएर मात्रै मासिक रु ५० हजार आम्दानी गर्दै आएका छन् । “बुबा (बाबुलाल) ले यही काम गरे” रामेश्वरले भने, “बुबाले गरेको देखेर सिकेको हो यो काम, यही कामले हामीलाई बचाएको छ, चार छोराछोरी हुर्कायौँ, बढायौँ र पढायौँ पनि ।”

हिउँदयाममा मात्रै गरिने यो कामसँगै उनीहरु खेती पनि गर्छन् । तर, खेतीबाट भन्दा गमला बनाउँदा नै धेरै आम्दानी हुने गरेको रामेश्वरले बताए । “खेती गर्दा कहिले उत्पादन राम्रो दिन्छ, त कहिले उत्पादन दिदैन”, उनले भने, “गमला बनाएपछि नबिक्ला भन्नु पर्दैन, घर बाटै बिक्री हुन्छ । खेतीभन्दा राम्रो आम्दानीको स्रोत हाम्रो गमला बनाउने काम हो ।”

त्यसो त पण्डित दम्पती मात्र होइन, त्यस ठाउँमा बसोबास गर्ने झण्डै ३० घरपरिवार यही पेशामा निर्भर छन् । उनीहरुले माटोकै भाँडाकुँडा बनाएर वर्षौदेखि जीवन निर्वाह गर्दै आएका छन् । “हातमा सीप भए जिउन सकिनेरहेछ”, सावित्राले भनिन् “हामी यहाँ फरक–फरक सामग्री बनाएर बिक्री गर्छौँ, कसैले गमला त कसैले दियो, कसैले खुत्रुके अनि कसैले घैला । यही कामले हामीलाई बचाएको छ ।”रासस

वि.सं.२०७६ माघ १४ मंगलवार १०:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट

जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट

सल्लेरी (सोलुखुम्बु) । हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा...

डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

खोटाङ । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च...

मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

फिक्कल (इलाम) । आज बिहान यहाँ सवारी दुर्घटना हुँदा एक...

दुर्घटनाका घाइते भन्छन्-गाडी पार्किङ गर्न खोज्दा पल्टियो

दुर्घटनाका घाइते भन्छन्-गाडी पार्किङ गर्न खोज्दा पल्टियो

वैशाख । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शय्यामा भोजपुर...

बुबाको विरासत जोगाउँदै सुहाङको सांसद यात्रा प्रारम्भ

बुबाको विरासत जोगाउँदै सुहाङको सांसद यात्रा प्रारम्भ

फिक्कल (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ...

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

फुङ्लिङ (ताप्लेजुङ) । स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न...