back
CTIZAN AD

चिनियाँ प्रधानमन्त्री र युरोपेली संघका अध्यक्षबीच टेलिफोन वार्ता

वि.सं.२०७६ माघ १९ आइतवार

756 

shares

१९ माघ, बेइजिङ ।  चिनियाँ प्रधानमन्त्री ली ख छ्याङले युरोपेली संघका अध्यक्ष उर्सुला भोन डर लेयेनसँग टेलिफोन वार्ता गरेका छन् ।

प्रधानमन्त्री लीका अनुसार चीन सरकारले सधैं नै जनताको सुरक्षा तथा स्वास्थ्यलाई प्राथमिता दिँदै खुला तथा प्रभावकारीरूपमा कोरोना भाइरसको प्रतिरोध गरिरहेको विश्वास व्यक्त गरेका थिए ।

चीनका लागि अहिले सबैभन्दा महत्वपूर्ण काम भनेको महामारी संक्रमणको प्रतिरोध गर्दै बिरामीका लागि राम्रो उपचार गर्नु रहेकोे प्रतिक्रियामा प्रधानमन्त्री खछ्याङले बताएको प्रधानमन्त्रीको कार्यालय स्रोतले जनाएको छ ।

उनले भने, “चीन सरकार र चिनियाँहरुले उक्त महामारीलाई पराजित गर्ने विश्वास,अठोट र क्षमता लिएका छन् ।” चीनले सकेसम्म महामारीको प्रतिरोध गरिरहेका चिकित्सकका लागि सबै आवश्यक चिकित्सा सामग्री बन्दोवस्त गरिहरेको छ ।

साथै युरोपेली संघका सदस्य मुलुकबाट चिकित्सा सामग्रीको खरिद गर्न युरोपेली संघले आवश्यक सुविधा प्रदान गर्नसक्ने आशा चीनले गरेको छ । युरोपेली संघले चीनद्वारा यस महामारीको प्रतिरोधका लागि लागू गरिएको कदमको सम्मान गर्दै सक्दो प्रयासमा चीनलाई सहायता प्रदान गर्ने अध्यक्ष उर्सुलाले बताए ।

वि.सं.२०७६ माघ १९ आइतवार ०९:२० मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...