back
CTIZAN AD

रहस्यमय पुलः जहाँबाट ६०० कुकुरले आत्महत्या गरिसके (भिडियो सहित)

वि.सं.२०७६ माघ २० सोमवार

945 

shares

स्कटल्याण्डको डन्बार्टनले नजिक मिल्टन गाउँको ओवरटन ब्रिज १९६० को दशकदेखि मानिसहरुको लागि रहस्यमय बनेको छ । जुन पुलले कुकुरहरुलाई आत्महत्या गर्न उत्प्रेरित गर्ने गरेको छ । यो पुलमा जुन कुकुर पुग्छ, त्यसले एकै स्थानबाट आत्महत्या गर्ने गरेको अहिलेसम्मको रिपोर्टले प्रमाणित गरेको छ ।

यहाँ पुगेको कुकुर ५० फीट अग्लो ऊंचाईबाट हामफालेर आत्महत्या गर्ने गर्छन् । भाग्यले यदि कुकुर बाँच्छ भने पनि फेरी त्यहि स्थानमा पुगेर फेरी हामफालेर मर्ने गरेको छ ।

अहिलेसम्म यहाँबाट करिव ६०० कुकुरहरुले आत्महत्या गरिसकेका छन् । जब मानिसहरुले कुकुरले आत्महत्या गर्ने बिषयमा चर्चा गरे तब यहाँ पुल नजिक कुकुर हुनेहरुले सावधान रहन भन्दै नोटिस बोर्ड नै राखिएको छ ।

अचम्मको कुरा के पनि छ भने जतिपनि कुकुरले यहाँबाट आत्महत्या गरेका छन् सबै एकै ठाउँबाट हाम्फाल्ने गरेका छन् । केही मानिसले यो पुलमा कुनै प्रकारको भुत प्रेतको प्रभाव रहेको समेत विश्वास गरेका छन् ।

मानिसहरुको भनाई अनुसार १९९४ मा एक व्यक्तिले आफ्नो बच्चालाई यसै पुलबाट तल फालिदिएको थियो । कहानी अनुसार उक्त बच्चा एन्टी क्राइस्ट थियो र केही महिना पछी बच्चा फाल्ने व्यक्तिले समेत त्यही पुलबाट हामफालेर आत्महत्या गरेको थियो ।

कुकुरले आत्महत्या गर्ने भएकाले यस पुलमा बोर्ड नै राखेर आफ्नो कुकुरलाई ब्रिजमाथि सावधानीसाथ राख्न निर्देशन गरिएको छ ।
भिडियो हेर्नुहोस्ः

 

वि.सं.२०७६ माघ २० सोमवार १६:२७ मा प्रकाशित