back
CTIZAN AD

हेर्नुहोस् ‘चपलीहाइट ३’ को गीतमा स्वस्तिमा र सुपुष्पाको बोल्ड ठुम्का

वि.सं.२०७६ माघ २० सोमवार

903 

shares

काठमाडौँ । अर्जुन कुमार फिल्मस्को एकल ब्यानरमा निर्माण भएको बहुत प्रतिक्षीत चलचित्र ‘चपलीहाइट ३’ को पहिलो गीत सार्वजनिक भएको छ ।

आउँदो चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको निकेश खड्काद्वारा निर्देशित चलचित्र ‘चपलीहाइट ३’ को ‘चार आनाको मसला’ बोलको गीत सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

उक्त गीतमा राम खम्बु र अस्मिता अधिकारीको स्वर रहेको छ भने डिपी खनालको शब्द र सुभाष भुषालको संगीत रहेको छ । प्रदिप लामाको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा चलचित्रका मूख्य कलाकारहरु स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी र आमिर गौतम देखिएका छन् । उक्त गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा र सुपुष्पा बोल्ड अवतारमा देखिएका छन् ।

‘चपली हाइट ३’ मा स्वस्तिमा, सुपुष्पा, आमिर र महेशसँगै प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रमा दर्शकले सस्पेन्स र थ्रिल पाउने निर्माता अर्जुन कुमारको दाबी छ । यो चलचित्रका अघिल्लो दुई श्रृंखलामा दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए ।

निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्की स्टारर चलचित्र ‘फाटेको जुत्ता’ मा सहकार्य भएको थियो । यो चलचित्र बक्सअफिसमा औसत चलेको थियो । ‘चपली हाइट ३’ पछि निर्माता अर्जुनले ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक चलचित्र बनाउँदैछन् ।

वि.सं.२०७६ माघ २० सोमवार १६:२७ मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...