back
CTIZAN AD

बालक अपरहण गरेको अभियोगमा पक्राउ

वि.सं.२०७६ माघ २१ मंगलवार

717 

shares

२१ माघ , बारा । १० वर्षीय बालकलाई अपरहण गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साथै अपहरणमा परेका ती बालकको कलैया उपमहानगरपालिका २४ श्रीपुरस्थित सडकबाट आइतबार प्रहरीले उद्दार समेत गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका १४ गण्डक बहुअरी बस्ने रमेश राम र बारा प्रसौनी गाउँपालिका ५ प्रष्टोका बस्ने राजु राम रहेका छन् ।

गत शुक्रबार आफू पढ्ने स्कुलमा सरस्वती पूजाको बिसर्जन गर्न गएका ति बालक घर फर्की नआएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा रामले अपहरणका मुख्य योजनाकार राजुलाई बुझाउन लाँदै गरेको अवस्थामा फेला पारी बालकको उद्दार गरेको हो ।

रामलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनकै मामा राजुले बालकलाई ललाइफकाई अपहरण गरी ल्याउनु भनी नगद ५० हजार रुपैयाँ दिन्छु भनेपश्चात अपहरण गरेको खुल्न आएको थियो ।

उनीहरु उपर अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

वि.सं.२०७६ माघ २१ मंगलवार १४:०७ मा प्रकाशित

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...