back
CTIZAN AD

प्रहरी बढुवामा किन अवज्ञा गरियो सर्वोच्चको आदेश ?

वि.सं.२०७६ माघ २२ बुधवार

729 

shares

२२ माघ, काठमाण्डौं । सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक (डिआइजी) को पद रिक्त भएको एक महिना नबित्दै बढुवा भइसकेको छ ।

नेपाल प्रहरीमा भने वरिष्ठ अधिकृत तहका दर्जनौं पद रिक्त भएको महिनौं बित्दा पनि बढुवा हुन सकेको छैन । सर्वोच्च अदालतले पद रिक्त भएको महिना तीन महिनाभित्र बढुवा गरिसक्न सरकारलाई दुई वर्ष अघि निर्देशन दिएको थियो । तत्कालीन एसएसपी यादवराज खनालले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश गरेको थियो । तर, सो आदेशको गृहमन्त्रालयले अवज्ञा गरेको छ ।

हाल नेपाल प्रहरीमा एक डिआइजी, नौ एसएसपी १५ एसपीको तथा ४५ डिएसपीको पद रिक्त छन् । महिनौदेखि रिक्त रहेका पदमा बढुवा नहुँदा एकातर्फ प्रहरीको कामकारबाही प्रभावित भएको छ भने अर्कोतर्फ प्रहरी अधिकारीहरुको करिअरमा समेत असर परेको तथा यसले संगठनमै नैराश्यता बढाएको प्रहरी अधिकारीहरुले बताएको बुधबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

रिक्त भएको तीन महिनाभित्र बढुवा हुनुपर्ने प्रावधान भएपनि एसएसपीको दरबन्दी १० महिनादेखि रिक्त छ । विश्वराज पोखरेललाई गतवर्ष सरकारले डिआइजीमा बढुवा गरेको थियो । रिक्त पदमा बढुवा हुन सकेको छैन । क–कसलाई बढुवा गर्ने भन्नेमा विवादका कारण बढुवा सिफारिस हुन नसेकेको हो ।

 

वि.सं.२०७६ माघ २२ बुधवार १०:१८ मा प्रकाशित

प्रधानमन्त्री बालेन शाह : ‘हामीलाई विश्वास छ, यो विपद्बाट चाँडै उठ्नेछौँ’

प्रधानमन्त्री बालेन शाह : ‘हामीलाई विश्वास छ, यो विपद्बाट चाँडै उठ्नेछौँ’

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपालले भोगिरहेको विपद्बाट मुलुक चाँडै...

भोटेकोसी क्षेत्रमा खोज तथा उद्धार तीव्र, ३ हजार ९ सय ३५ जनाको उद्धार

भोटेकोसी क्षेत्रमा खोज तथा उद्धार तीव्र, ३ हजार ९ सय ३५ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी तथा आसपासका बाढी–पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले...

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...