back
CTIZAN AD

मुस्ताङमा पुनः हिमपात – कृषक भए खुशी

वि.सं.२०७६ माघ २४ शुक्रवार

906 

shares

२४ माघ, मुस्ताङ । मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लेतेलगायत मुस्ताङका तल्लो क्षेत्रमा हिउँ परेको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए । सडकमा हिउँ कम भएका कारण बेनी–जोमसोम, जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सुचारु रहेको उनले बताए ।
जोमसोमा आधा फिटसम्म र जोमसोममाथिको गाउँहरुमा एक फिटसम्म बाक्लो हिउँ जमेको छ । लोमानथाङ गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका बिहीबार बेलुका केही मात्रामा मात्र हिउँ परेको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं १ का अध्यक्ष टसीढिन्डु ठकुरीले जानकारी दिए ।

बिहीबाररातभर हिँउ परेपनि आज बिहान मौसम खुला भएको जोमसोमका बासिन्दा देउबहादुर विकले बताए । गाई, भेडा, चौँरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुक्खा घाँसपात खुवाएर राखिएको छ । चरनका लागि हिउँ पग्लिएपछि छाडिने उनले जानकारी दिए ।

सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ । उपल्लो मुस्ताङका बासिन्दा कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए । वर्षा र हिमपातले कृषकमा खुशीयाली छाएको छ । यो वर्ष मुस्ताङमा चौथोपटक हिउँ परेको हो । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने घरपझोङ्ग गाउँपालिका–५ ठिनीका कृषक पलडिसी थकालीले बताए ।

हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोटबिरुवा फस्टाउने, उत्पादन बढ्ने जनाइएको छ । स्याउको फूल फुल्नका लागि चिसोपनाको आवश्यकता पर्ने, चिलिङ्ग रिक्वायरमेन्टका लागि शून्य तापक्रमको आवश्यकता पर्ने हुँदा  हिउँ पर्दा राम्रो हुने स्याउ जोनका कार्यालय प्रमुख माधव लम्सालले जानकारी दिए । हिउँ परेपछि स्याउ, जौँ, गहुँ, उवा, फापर बाली सप्रने जनाइएको छ । रासस

वि.सं.२०७६ माघ २४ शुक्रवार १०:५५ मा प्रकाशित

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ  । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...