काठमाडौँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले आउँदो वर्ष विवाह गर्ने भएकी छन् ।
भ्लगर सिसन बानियाँसँग प्रेममा सम्बन्धमा रहेकी खतिवडा अर्को वर्ष वैवाहिक बन्धनमा बाँधिने भएकी हुन् । खतिवडाले आफ्नो सम्बन्ध यसअघि लुकाउँदै आएकी थिईन् । तर, मिडियामा उनीहरुलाई पछ्याउनेको संख्या बढेपछि खतिवडा र बानियाँको प्रेम सम्बन्ध लुक्न नसकेको हो ।
पारिवारिक स्रोतका अनुसार उनीहरुको विवाह २०७७ मा हुने पक्का भएको छ । खतिवडा सन् २०१८ की मिस नेपाल हुन् । यो जोडीको प्रेम सम्बन्धको चर्चा भने श्रृंखला मिस वल्र्डका लागि चीन जानुभन्दा अघि मकवानपुरमा तयार पारेको एक डकुमेन्ट्रीका कारण भएको थियो ।
टर्कीमा रहँदा यो जोडीको एक तस्वीर बाहिरिएको थियो, जहाँ श्रृंखला सिसनको अंगोलामा थिईन् । यी दुईले भने गहिरो सम्वन्धमा रहेको बजारको चर्चालाई गसिपको रुपमा चित्रण गर्दै आएका छन् । श्रृंखलाले त आफु सिंगल रहेको बताउँदै आएकी छिन् । श्रृंखलाका बुवा-आमा दुवै नेकपाका सांसद हुन् । उनको बुवा विरोध खतिवडा नेपाली राजनीतिमा चर्चित नाम हो ।
वि.सं.२०७६ माघ २४ शुक्रवार १०:५७ मा प्रकाशित






























