back
CTIZAN AD

कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म ६३० को मृत्यु

वि.सं.२०७६ माघ २४ शुक्रवार

789 

shares

२४ माघ,बेइजिङ । डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजारमा देखा परेको नयाँ कोरोना भाइरसले शुक्रबारसम्म ६३० भन्दा बढी व्यक्तिको ज्यान लिएको छ । सङ्क्रमण विश्वभर फैलिएको भएपनि यसले भीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा ३० हजारभन्दा बढी व्यक्तिले उपचार गराइरहेका छन् ।

चिनियाँ मुख्य भूमि बाहिर विभिन्न ३० स्थानमा करीव २४० व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ । अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा बढी क्रुज जहाज, डाइमण्ड प्रिन्सेसमा ६१ जना रहेका छन् भने सिंगापुरमा ३०, जापानमा २५, थाइल्याण्डमा २५, हङकङमा (मृत्यु भएका एक व्यक्तिसहित) २४, दक्षिण कोरियामा २३, ताइवानमा १६ अष्ट्रेलियामा १५ र मलेसियामा १४ व्यक्तिमा भएको छ ।

त्यसैगरी जर्मनीमा १३, संयुक्त राज्य अमेरिकामा १२, भियतनाममा १०, मकाउमा १०, फ्रान्समा छ, क्यानडामा पाँच, संयुक्त अरब इमिरेट्समा पाँच, बेलायतमा तीन, भारतमा तीन, फिलिपिन्समा (मृत्यु भएका एक व्यक्तिसहित( तीन व्यक्तिमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

रूस र इटाली मा दुई दुई व्यक्तिमा उक्त भाइरसको सङ्क्रमण देखिएको छ । नेपाल, श्रीलङ्का, कम्बोडिया, फिनल्याण्ड, स्पेन, स्वीडेन, बेल्जियममा एक एक जनामा नयाँ कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ ।

वि.सं.२०७६ माघ २४ शुक्रवार १३:१९ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...