२७ माघ, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न भन्दै सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न भने सकेन ।
हालका आईजीपी सर्वेन्द्र खनालसहित सेवाहदका कारण मंगलबारबाट अवकाश पाउँदैछन् । भोलिबाटै नेपाल प्रहरी नेतृत्वविहिन हुने हुँदा आजको मन्त्रिपरिषद बैठकले महानिरिक्षक नियुक्त गर्ने अपेक्षा गरिएको थियो ।
खनालकै ब्याचको वैकल्पिक टोलीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल प्रहरीको नेतृत्व गर्ने दौडमा छन् । उनीहरुको ३० वर्षे अवधि पनि असार २४ मा सकिने भएकोले पाँच महिना मात्र प्रहरीको नेतृत्व सम्हाल्ने देखिएको छ ।
वि.सं.२०७६ माघ २७ सोमवार १५:४९ मा प्रकाशित






























