२८ माघ, काठमाडौँ । राजधानीका प्रहरीले अब एकै मेसमा खाना खाने भएका छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ‘जवान–अधिकृतको एउटै मेस’ अवधारणाअनुसार उपत्यकामा प्रत्येक पहरी युनिटमा मेस सञ्चालनको कार्याविधि लागू गरेको छ ।
यसअघि प्रहरी कर्मचारीका लागि वरिष्ठ र कनिष्ठ प्रहरी अधिकृत तथा जवान हवल्दार गरी तीन मेस सञ्चालन हुँदै आएको थियो । त्यसरी सञ्चालित मेसबाट अपेक्षित सुधार नभएको र जवान –हवल्दारको मनोबलमा नकारात्मक असर परेको बुझाइ महानगरीय प्रहरीको थियो । अन्नपूर्ण पोस्ट दैनिकबाट
वि.सं.२०७६ माघ २८ मंगलवार ०८:२३ मा प्रकाशित






























