back
CTIZAN AD

सरकारलाई बेपत्ता आयोगको सुझाव

वि.सं.२०७६ माघ २८ मंगलवार

810 

shares

२८ माघ, काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले संक्रमणकालीन न्याय निरुपणका लागि ऐन र नियमावली संशोधन गर्न सरकारलाई सुझाव पठाएको छ ।

आयोगको आइतबार बसेको बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन–२०७१ र नियमावली, २०७२ संशोधनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुझाव पठाएको आयोगका प्रवक्ता ईश्वरीप्रसाद ढकालले जानकारी दिए ।

आयोगले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा संक्रमणकालीन न्याय निरुपणमा सर्वोच्च अदालतबाट भएका फैसलाले प्रतिपादन गरेका नजीर, सिद्धान्त एवं अन्तरराष्ट्रिय कानून, अभ्यास र मान्यताअनुकूल छानबिन, परिपूरण लगायतका प्रक्रियामा पीडितको सहभागिता सुनिश्चित हुने गरी ऐन संशोधन गर्नुपर्ने माग गरेको छ ।

पीडितको न्याय पाउने अधिकारलाई बृहत क्षेत्राधिकारबाट मात्र सम्बोधन गर्न सकिने भएकाले आयोगको अधिकार क्षेत्र, सक्षमता, स्वायत्तता, स्रोतसाधनका विषयमा कानूनमा समूचित व्यवस्था गर्नुपर्ने ठहर गरी पीडितलाई अझ पीडाभन्दा पनि न्याय दिनुपर्नेमा जोड दिइएको छ ।

पीडितले न्याय पाउने अधिकार सुनिश्चित पीडितले दिएका सुझावलाई पनि सम्बोधन हुने गरी कानून संशोधन हुनुपर्नेमा जोड दिँदै आयोगले छानबिन, न्याय, परिपूरणलगायत सङ्क्रमणकालीन न्यायका सबै पक्ष र पीडितसँग निकट रहेका काम गर्न सबैमा अनुरोध गरेको छ ।

वि.सं.२०७६ माघ २८ मंगलवार ०८:३६ मा प्रकाशित

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

विष्णुदेवीधाममा पुरुषोत्तम कथा जारी, सभामुख अर्यालद्वारा आशीर्वाद ग्रहण

विष्णुदेवीधाममा पुरुषोत्तम कथा जारी, सभामुख अर्यालद्वारा आशीर्वाद ग्रहण

काठमाडौंको पश्चिमी भेगमा अवस्थित चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित पवित्र विष्णुदेवीधाममा एक...

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कर्पोरेट ग्राहकहरूले अब विभिन्न...

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...