back
CTIZAN AD

चीनबाट आएका आगन्तुकलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध जारी

वि.सं.२०७६ फागुन १ बिहीवार

720 

shares

१ फागुन , सिड्नी ।  कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित चीनको मुख्य भूभागबाट आउने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा लगाइएको प्रतिबन्ध कम्तिमा अरु एक हप्ताका लागि बढाउने अस्ट्रेलिया सरकारले घोषणा गरेको छ ।

पछिल्लो समय चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढेपछि अस्ट्रेलियाले उक्त निर्णय गरेको जनाएको छ ।
प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियालीलाई कोरोना भाइरसको जोखिमबाट जोगाउन अरु केही हप्ता चीनको मुख्य भूभागबाट आउने आगन्तुकमाथि रोक लगाइएको जानकारी दिए ।उनले यो प्रतिबन्ध भाइरसको परिस्थितिमा विचार गरेर हप्तैपिच्छे निर्णय लिइने बताए ।

यस निर्णयले अष्ट्रेलियाका पर्यटन व्यवसायीलाई ठूलो चोट पुगेको छ । चिनियाँ पर्यटकको हिस्सा घटेपछि व्यवसायमा ठूलो नोक्सानी भएको छ । साथै नयाँ शैक्षिक वर्षका लागि अष्ट्रेलिया फर्कने आशा गरिरहेका हजारौं चिनियाँ विद्यार्थी अलपत्र परेका छन् ।

नयाँ कोरोना भाइरसबाट चीनमा मृत्यु हुने र सङ्क्रमित व्यक्तिको संख्या नाटकीय रुपमा बढेको छ । पछिल्लो विवरणमा चीनमा मात्र एक हजार ३५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने ५० हजारभन्दा बढीमा कोरोनाको सङ्क्रमण देखिएको छ । प्रधानमन्त्री मोरिसनले भने, “हाम्रो पहिलो कर्तव्य हरेक अष्ट्रेलियालीलाई सुरक्षित राख्नु हो ।”

वि.सं.२०७६ फागुन १ बिहीवार १४:५७ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...