back
CTIZAN AD

टर्की आक्रमणको संयुक्त राष्ट्र सङ्घ र विश्वद्वारा निन्दा

वि.सं.२०७३ मंसिर २७ सोमवार

969 

shares

२७ मङ्सिर,बेइजिङ। संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् र विश्वले नै टर्कीको इस्ताबुलमा भएको आतङ्ककारी आक्रमणको निन्दा गरेको छ । यस आक्रमणमा कम्तीमा ३९ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १५५ जना घाइते भएका छन् ।

संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्ले आइतबार मानवताविरुद्ध भएको यस घृणित अपराधको कडा शब्दमा निन्दा गरिएको प्रकाशित प्रेश विज्ञप्तिमा जनाइएको छ ।

यस आतङ्ककारी आक्रमणले पुनः एकपटक अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गम्भीर चुनौती दिएको सुरक्षा परिपद्ले बताएको छ ।

मध्य इस्ताबुलमा शनिबार अबेर राति फुटबल स्टेडियम बाहिर एक कार बम र अर्को आत्मघाती आक्रमण भएको थियो ।फुटबल खेल सकिएको करिब डेढ घन्टापछि भएको कारबम आक्रमणमा कम्तीमा ३० प्रहरी अधिकारीले ज्यान गुमाएका थिए ।

टर्कीका सुरक्षाबल लक्षित बारम्बार भएका यस्ता आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले पनि कडा शब्दका निन्दा गर्नुभएको छ ।

त्यसैगरी युरोपेली युनियनले पनि सो हमलाको निन्दा गरेको छ । रासस ÷सिन्ह्वा

वि.सं.२०७३ मंसिर २७ सोमवार ११:२० मा प्रकाशित

भारतमा आगलागी, ७ जनाको मृत्यु

भारतमा आगलागी, ७ जनाको मृत्यु

नयाँदिल्ली । भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा...

ट्रम्पको चीन भ्रमण अन्योलमा

ट्रम्पको चीन भ्रमण अन्योलमा

बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच...

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...