२७ मङ्सिर,गजनी (अफगानिस्तान) । अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा रहेको सुरक्षा जाँच चौकीमा सोमबार तालिवान आतङ्ककारीले गरेको आक्रमणलाई अफगान सेनाको एक समूहले गरेको प्रतिकारमा आठ आतङ्ककारी मारिएका छन्. ।
यस घटनामा परी एक सेनाले पनि ज्यान गुमाउनु परेको सैनिक स्रोतले जानकारी दिएको छ ।
गजनी प्रान्तको मुक्उर जिल्लाको मोहमद कली र रेगरासान इलाकामा रहेका जाँच चौकीमा सोमबार बिहान सबेरै सशस्त्र आतङ्ककारी समूहको आक्रमण भएको सेनाका एक प्रेस अधिकारी हानिफ रेजाहीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।
गजनी प्रांन्तका प्रान्तीय राजधानी गजनी सहरबाट १२५ किलोमिटर टाढा रहेका यस जाँच चौकी करिब दुई घन्टासम्म आतङ्ककारी सैनिकबीच जारी झडपमा परी करिब १२ आतङ्ककारी र दुई सैनिक घाइते भएका छन् ।
सन् २००१ को अन्त्यसम्म अफगानिस्तानमा शासन चलाएका तालिवान आतङ्ककारी समूहले सशस्त्र आतङ्ककारीको रुपमा रहि एम्बुस र आत्मघाती आक्रमण गरी सुरक्षाबललगायत सर्वसाधारणको हत्या गर्ने गरेका छन् । रासस ÷सिन्ह्वा
वि.सं.२०७३ मंसिर २७ सोमवार ११:१९ मा प्रकाशित