back

टर्की आक्रमणको संयुक्त राष्ट्र सङ्घ र विश्वद्वारा निन्दा

वि.सं.२०७३ मंसिर २७ सोमवार

639 

shares
IME Limited
NTC AD

२७ मङ्सिर,बेइजिङ। संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् र विश्वले नै टर्कीको इस्ताबुलमा भएको आतङ्ककारी आक्रमणको निन्दा गरेको छ । यस आक्रमणमा कम्तीमा ३९ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १५५ जना घाइते भएका छन् ।

संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्ले आइतबार मानवताविरुद्ध भएको यस घृणित अपराधको कडा शब्दमा निन्दा गरिएको प्रकाशित प्रेश विज्ञप्तिमा जनाइएको छ ।

यस आतङ्ककारी आक्रमणले पुनः एकपटक अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गम्भीर चुनौती दिएको सुरक्षा परिपद्ले बताएको छ ।

मध्य इस्ताबुलमा शनिबार अबेर राति फुटबल स्टेडियम बाहिर एक कार बम र अर्को आत्मघाती आक्रमण भएको थियो ।फुटबल खेल सकिएको करिब डेढ घन्टापछि भएको कारबम आक्रमणमा कम्तीमा ३० प्रहरी अधिकारीले ज्यान गुमाएका थिए ।

टर्कीका सुरक्षाबल लक्षित बारम्बार भएका यस्ता आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले पनि कडा शब्दका निन्दा गर्नुभएको छ ।

त्यसैगरी युरोपेली युनियनले पनि सो हमलाको निन्दा गरेको छ । रासस ÷सिन्ह्वा

वि.सं.२०७३ मंसिर २७ सोमवार ११:२० मा प्रकाशित

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोकियो । टोयोटा मोटर कम्पनीले सन् २०२५ मे महिनामा विश्वभर...

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल । पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै...

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

याङ्गुन । म्यान्मारको जुन्टा प्रमुखले आगामी डिसेम्बर र जनवरीमा निर्वाचन...