५ फागुन, काठमाण्डौं । काठमाण्डौं कृषि प्राविधिक संघर्ष समिति मञ्च नेपालले कृषि प्राविधिकहरुको उमेर हदबन्दी समस्या सम्बन्धी सरकारको ध्यानाकर्षण गराएको छ ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मञ्चले देशभरीका झण्डै कृषि सम्बन्धी १०० वटा कलेजबाट बार्षिक दुई हजारको संख्यामा कृषि प्राविधिकहरु उत्पादन भइरहेको अवस्थामा सरकारले ती जनशक्तिलाई उचित व्यवस्थापन गर्न नसक्दा बैदेशिक रोजगारीमा जान उनीहरु बाध्य भएको भन्दै सरकरको ध्यानाकर्षण गराएको हो ।
‘हातमा प्रमाणपत्र लिइ लोकसेवा तयारी गरेका साथीहरुको विज्ञापन नखुल्दा उनीहरुको उमेर हदबन्दीका समस्या भएकोले यस्ता समस्यालाई मध्यनजर गरी समाधानका लागि यस विषम परिस्थितिमा सरकारको ध्यान जावोस्,’ उक्त ज्ञापनपत्रमा भनिएको छ, ‘उक्त माग अविलम्ब पूरा गर्न हामी यस ज्ञापन पत्र पेश गर्दछौं । अन्यथा हाम्रो मागको सुनुवाई भएन भने हामी लाचार छाँया भएका कृषि प्राविधिक संघर्षका कार्यक्रममार्फत् आन्दोलन गर्ने जानकारी गराउँदछौं ।’

वि.सं.२०७६ फागुन ५ सोमवार १८:४० मा प्रकाशित





























