back
CTIZAN AD

चलचित्र ‘परदेशी २’ को शुभमुहूर्त, जम्ला त प्रकाश र वर्षाको जोडी ?

वि.सं.२०७६ फागुन ९ शुक्रवार

771 

shares

९ फागुन, काठमाडौं । नेपाली चलचित्र ‘परदेशी २’ को आज शुभमुहूर्त गरिएको छ । करिब २ महिना चलचित्रको छायांकन हुने निर्माण युनिटले जानकारी दिएको छ ।

नारायण रायमाझीको निर्देशनमा बन्न लागेको चलचित्रको मुख्य भूमिकामा लोकगायक प्रकाश सपुतले काम गर्दैछन् । प्रकाशुँगै नायिका वर्षा सिवाकोटी चलचित्रको मुख्य भूमिकामा देखिने भएकी छिन् । चलचित्र ‘परदेशी २’ले वैदेशिक रोजगारीमा जाने नेपालीको पीडा भन्छ ।

गायकसमेत रहेका प्रकाशले आफ्नो चलचित्र खेल्ने सपना ‘परदेशी २’ मार्फत पूरा भएको बताएका छन् । ‘अब म संग नयाँ सपना छैन । किनकि अधुरो एउटा सपना पनि पुरा भएको छ । चलचित्रमा अभिनय गर्ने । हिरो बन्ने ।’ उनले भने ‘सपना पुरा भएकोमा जति खुसी र उत्साहित छु त्यतिनै डर पनि लागिरहेको छ ।’

वि.सं.२०७६ फागुन ९ शुक्रवार १५:२७ मा प्रकाशित

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...