back
CTIZAN AD

सामुदायिक नर्स कार्यक्रम शुरु

वि.सं.२०७६ फागुन ११ आइतवार

888 

shares

११ फागुन, कालिकोट । कालिकोटका छ स्थानीय तहमा सामुदायिक नर्स कार्यक्रम शुरु भएको छ ।

कुपोषणलाई कमी ल्याउन र स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्न सामुदायिक नर्स कार्यक्रम सञ्चालन भएको हो । यस कार्यक्रमले गाउँगाउँमा स्वास्थ्य सेवाका विषयमा र गर्भवती महिला तथा बालबालिकालाई जानकारी दिनेछन् ।

सामुदायिक नर्सले स्थानीयस्तरमा उत्पादित मकै, कोदो, गहुँ, चिनो, कागुनु, मार्सी चामल, सिमी, मास, भटमासलगायतका खाद्यवस्तुको प्रयोग ल्याउन गाउँमा जानकारी दिने उद्देश्यले सामुदायिक नर्स कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

स्वास्थ्य सेवाको पहुँच पु¥याउन पहिलोपटक शुरु गरिएको कार्यक्रमले आम नागरिकलाई भरपुर सेवा दिने कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले बताए । “गाउँमा उत्पादित अर्गानिक खाद्यवस्तुको प्रयोगले कुपोषण घट्ने छ”, उनले भने ।

जिल्ला अस्पताल कालिकोटका प्रमुख डा भीष्मप्रसाद पोख्रेलले सामाजिक विकास मन्त्रालयले लागू गरेको सामुदायिक नर्स कार्यक्रम महत्वपूर्ण भएकाले स्वास्थ्य सेवाबाट वञ्चित भएका नागरिकलाई सही तरिकाले सेवा दिन सकिने बताए । उनले भने, “कार्यक्रम प्रभावकारी बनाउन स्थानीयस्तरमा उत्पादित मकै, कोदो, गहँुलगायतका अन्नको महत्वलाई बुझाएमा कुपोषण घट्नेछ ।” रासस

वि.सं.२०७६ फागुन ११ आइतवार १४:५९ मा प्रकाशित

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...