१२ फागुन, काठमाडौँ । पेसाको इज्जत र मर्यादामा आँच आएको भन्दै कानुन व्यवसायी परिषद् (बार काउन्सिल)ले कानुन व्यवसायीको लाइसेन्समा कडाइ गरेको छ ।
प्रारम्भिक लाइसेन्स लिनेबेलै कसेपछि शुद्धीकरण हुने काउन्सिलको विश्वास छ । काउन्सिलले यस वर्ष कानुन व्यवसायी लाइसेन्सका लागि परेका निवेदनमध्ये ८१ जनालाई दिन अस्विकार गरेको छ ।
उनीहरुलाई लाइसेन्सका लागि पहिले जागिरको विषयमा निधो गरी कार्यरत निकायबाटै ‘नो अब्जेक्सन लेटर’ ल्याउन भनिएको थियो । तर उनीहरुले आफू कार्यरत निकायबाट यस्तो पत्र पेस गर्न सकेनन् । सोमबारको अन्नपूर्ण पोस्ट दैनिकबाट
वि.सं.२०७६ फागुन १२ सोमवार ०७:३७ मा प्रकाशित