back

बीउबिजन र बिरुवा संरक्षण विधेयक पारित

वि.सं.२०७६ फागुन १५ बिहीवार

540 

shares
GLOBAL IME AD
NTC AD

१५ फागुन, काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकले दुई विधेयक पारित गरेको छ । बैठकले ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७६’ र ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ सर्वसम्मतिले पारित गरेको हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ती दुई विधेयकलाई ‘पारित गरियोस्’ भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसैगरी बैठकले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको विरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ ।

मन्त्री भुसालले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै परम्परागत बीउबिजनको संरक्षणमा सरकारले प्राथमिकता दिँदै आएको बताए । छलफलमा पुष्पा भुसाल, प्रेम सुवाल, राजनकुमार केसी र मीना सुब्बालगायतले भाग लिएका थिए । संसद्को अर्को बैठक यही फागुन १५ गते मध्याह्न १ बजे बस्नेछ । रासस

वि.सं.२०७६ फागुन १५ बिहीवार ०८:४१ मा प्रकाशित

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

काठमाडौँ । महिलाले लगाउने भित्रि वस्त्र ‘ब्रा’ले स्तनको आकारलाई सन्तुलनमा...

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

ढाका । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक...

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म...

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत...

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

बेइजिङ । बेइजिङ र वासिङ्टनले उनीहरूको व्यापार युद्धको एक प्रमुख...