back
CTIZAN AD

त्रिविका क्याम्पस स्ववियुविहीन, स्ववियु निर्वाचन चैतभित्रै गराउने त्रिवि उपकुलपति बाँस्कोटाको प्रतिबद्धता

वि.सं.२०७६ फागुन १५ बिहीवार

810 

shares

१५ फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरू बुधबारदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विहीन भएका छन् ।

पछिल्लो पटक ०७३ सालमा स्वविय निर्वाचन भएका केही क्याम्पसमा थपिएको एक वर्षसमेत गरी बुधबारबाट कार्यकाल सकिएको छ । अधिकांश क्याम्पसमा ०६५ सालयता स्ववियू निर्वाचन भएको छैन ।

त्रिविले १४ फागुनका लागि घोषणा गरेको स्ववियु निर्वाचन नभएपछि अनिश्चित कालका लागि स्थगित गरेको थियो । ठूला विद्यार्थी संगठनहरू स्ववियु निर्वाचन गराउन एक नभएका कारण त्रिविले अनिश्चितकालका लागि निर्वाचन स्थगित गरेको थियो । नेविसंघले रेक्टर नियुक्ति गर्नुपर्नेलगायतका माग राखेपछि संगठनहरूबीचमा एकता हुन सकेको थिएन ।

स्ववियु निर्वाचनको घोषणा गरेपछि त्रिविले उपत्यकाका क्याम्पस प्रमुखहरूको भेला र विद्यार्थी संगठनहरूसंग छलफल गरेको थियो । त्यतिवेला नेविसंघको केन्द्रीय नेतृत्वविहीन रहेको र नयाँ नेतृत्व आएपछि रेक्टर नियुक्तिलाई प्राथमिकता दियो । स्ववियु नियमअनुसार मतदान हुनुभन्दा एक महिनाअघि कार्यतालिका सार्वजनिक हुनुपर्छ । तर संगठनहरूबीच एकमत नहुँदा पूर्वघोषित निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न समय नपुगेको त्रिविका उपकुलपति प्रा.डा धर्मकान्त बाँस्कोटाले बताए । बिहीबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ फागुन १५ बिहीवार ०८:२४ मा प्रकाशित

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...