back
CTIZAN AD

दुई लाख ४० हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ

वि.सं.२०७६ फागुन १६ शुक्रवार

861 

shares

१६ फागुन, काठमाडौँ । ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै दुई लाख ४० हजार भन्दा बढी ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिएको छ । झण्डै आठ लाख छाप्नुपर्र्नेमध्ये अहिलेसम्म उक्त चालक अनुमतिपत्र छापिइसकेको यातायात व्यवस्था विभागले जनाएको छ ।

झण्डै पाँच लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी छ । विभागले तीन चरणमा उपकरण सञ्चालन गरेर बाँकी अनुमतिपत्र छापिरहेको महानिर्देशक गोगनबहादुर हमालले बताए ।

आगामी असारसम्ममा बाँकी अनुमतिपत्र छापिसक्ने विभागको लक्ष्य छ । महिनामा एक लाख ५० हजारभन्दा बढी अनुमतिपत्र छपाइ भइरहेको छ । उनले भने, “यही गतिमा काम अघि बढ्दा आगामी असारसम्ममा सकिन्छ ।”
विभागका पुराना उपकरणको क्षमता प्रतिघण्टा ४० वटासम्म छ ।

नयाँ उपकरणले चारदेखि पाँच अनुमतिपत्र एक घण्टामा छाप्न सक्छ । पहिले सात वटा उपकरण ल्याएर विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो । तीमध्ये तीन वटाले काम गर्छन् । पुराना तीन उपकरण र ‘मास प्रिन्टर’ दुवैको प्रयोग गरी बाँकी अनुमतिपत्र छाप्न लागिएको विभागले जनाएको छ ।

विभागले गत वर्ष ग्लोबल खरिद प्रक्रियामार्फत मदरास प्रिन्टर प्रालिमार्फत प्रिन्टर किनेको हो । विभागले छपाइ गर्नसक्ने क्षमताभन्दा माग धेरैगुणा बढी हुँदा एक वर्ष सेवाग्राहीले अनुमतिपत्र पाएका थिएनन् । कतिपय कार्ड छापिएको लामो समयसम्म सेवाग्राही लिन नआउँदा व्यवस्थापनमा कठिन भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । अनुमतिपत्र परीक्षा लिने र वितरणको काम प्रदेश कार्यालबाटै सञ्चालन भइरहे पनि छाप्ने काम विभागले गर्दै आएको छ ।

वि.सं.२०७६ फागुन १६ शुक्रवार १४:२१ मा प्रकाशित

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

गाईघाट (उदयपुर) । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...