back

दुई लाख ४० हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ

वि.सं.२०७६ फागुन १६ शुक्रवार

423 

shares
GLOBAL IME AD
NTC AD

१६ फागुन, काठमाडौँ । ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै दुई लाख ४० हजार भन्दा बढी ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिएको छ । झण्डै आठ लाख छाप्नुपर्र्नेमध्ये अहिलेसम्म उक्त चालक अनुमतिपत्र छापिइसकेको यातायात व्यवस्था विभागले जनाएको छ ।

झण्डै पाँच लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी छ । विभागले तीन चरणमा उपकरण सञ्चालन गरेर बाँकी अनुमतिपत्र छापिरहेको महानिर्देशक गोगनबहादुर हमालले बताए ।

आगामी असारसम्ममा बाँकी अनुमतिपत्र छापिसक्ने विभागको लक्ष्य छ । महिनामा एक लाख ५० हजारभन्दा बढी अनुमतिपत्र छपाइ भइरहेको छ । उनले भने, “यही गतिमा काम अघि बढ्दा आगामी असारसम्ममा सकिन्छ ।”
विभागका पुराना उपकरणको क्षमता प्रतिघण्टा ४० वटासम्म छ ।

नयाँ उपकरणले चारदेखि पाँच अनुमतिपत्र एक घण्टामा छाप्न सक्छ । पहिले सात वटा उपकरण ल्याएर विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो । तीमध्ये तीन वटाले काम गर्छन् । पुराना तीन उपकरण र ‘मास प्रिन्टर’ दुवैको प्रयोग गरी बाँकी अनुमतिपत्र छाप्न लागिएको विभागले जनाएको छ ।

विभागले गत वर्ष ग्लोबल खरिद प्रक्रियामार्फत मदरास प्रिन्टर प्रालिमार्फत प्रिन्टर किनेको हो । विभागले छपाइ गर्नसक्ने क्षमताभन्दा माग धेरैगुणा बढी हुँदा एक वर्ष सेवाग्राहीले अनुमतिपत्र पाएका थिएनन् । कतिपय कार्ड छापिएको लामो समयसम्म सेवाग्राही लिन नआउँदा व्यवस्थापनमा कठिन भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । अनुमतिपत्र परीक्षा लिने र वितरणको काम प्रदेश कार्यालबाटै सञ्चालन भइरहे पनि छाप्ने काम विभागले गर्दै आएको छ ।

वि.सं.२०७६ फागुन १६ शुक्रवार १४:२१ मा प्रकाशित

महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ

महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ

काठमाडौं । नुवाकोटको सूर्यगढी नगरपालिका–१ की २८ वर्षीया विमला तामाङको...

दक्षिण कोरियामा रोजगारी वृद्धि

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि...

भविष्यका चुनौतीहरूको सामना गर्न शान्तिरक्षा सञ्चालनलाई सुदृढ पार्न गुटेरेसको आह्वान

भविष्यका चुनौतीहरूको सामना गर्न शान्तिरक्षा सञ्चालनलाई सुदृढ पार्न गुटेरेसको आह्वान

बर्लिन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले समकालीन र भविष्यका...

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले प्रशिक्षण, सङ्गठन विस्तार...

यौनजन्य क्रियाकलापमा लगाउने तीन जना पक्राउ

यौनजन्य क्रियाकलापमा लगाउने तीन जना पक्राउ

कास्की । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार...

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध,...