back
CTIZAN AD

एमसीसी अमेरिकातिरै फर्किने नेता पोखरेलको दावी

वि.सं.२०७६ फागुन १६ शुक्रवार

810 

shares

१६ फागुन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य लिलामणि पोखरलले एमसीसी अमेरिकातिरै फर्किने दावी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एमसीसी विरुद्धको मत बढाउन सक्रिय तथा जनमतका लागि जिल्ला दौडाहामा समेत क्रियासील रहेका प्रभावशाली नेता लिलामणि पोखरेलले एमसीसीको नियत बारे संसारका धेरै देश स्पष्ट हुँदै जाने समेत बताएका छन् ।

श्रीलंकाली सरकारले आजै गरेको निर्णयका बारे संसारन्युजले मागेको प्रतिक्रियामा नेता पोखरेलले भने, ‘नेपालको सार्वभौमिकता र अक्षुणता मास्ने गरी संविधान र कानुन भन्दा माथि राख्ने गरी’ नेपालले स्विकार गर्न नसक्ने हामीले भन्दै आएका हौं । हाम्रो सरकारले पनि प्रष्ट रुपमा भनेर एमसीसीलाई उतै फर्काइने स्थिति पैदा भएको छ ।’

श्रीलंकाले एमसीसी सम्झौतामा आएका जिज्ञासा र समस्याबारे पुनरावलोकन गर्न यसअघि ४ सदस्यीय समिति बनाएर प्रतिवेदन बुझेको थियो ।

श्रीलंकाली सरकारका प्रवक्ता मुण्डुला गुणवद्र्धनका अनुसार सो समितिको प्रतिवेदन अनुसार संविधान र कानुन भन्दा माथि राखेर संझौता पास नहुने तर शंसोधन गर्न तयार भए थप छलफल हुने बताएका थिए ।

नेपालमा एमसीसी विरुद्ध ठूलो जनमत बढेको छ । प्रतिवेदन तयार गर्ने नेताहरु समेतले पास नहुने भनिरहेका छन् भने लीलामणि पोखरेल लगायतका नेताहरु उपत्यकाका टोल–टोल र उपत्यका बाहिर समेत एमसीसीको विरुद्धमा जनमत बढाउन क्रियाशील रहेका थिए ।

वि.सं.२०७६ फागुन १६ शुक्रवार १७:०२ मा प्रकाशित

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

बागमती । मुलुकका विभिन्न जातजातिको मौलिकता संरक्षण गर्न हेटौँडा उपमहानगरपालिका–११...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै...

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

काठमाडौंमा आयोजना हुने तय भएको International Association for Tibetan Studies...

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ...