back
CTIZAN AD

मोडल खुस्बुलाई दुईवर्षको जेल सजाय र अनमोल केसीमाथि ठगी मुद्धा दायर !

वि.सं.२०७६ फागुन १७ शनिवार

789 

shares

काठमाण्डौं जिल्ला अदालतले चेक बाउन्सको मुद्दामा मोडल खुश्वु ओलीलाई दुईवर्षको जेल सजाय सुनाएको छ ।

सप्तरीका गोपाल कटुवालसँग दुई वर्ष अघि लिएको ३६ लाख रुपैयाँ नतिरेपछि कटुवालले ओलीविरुद्ध अदालतमा मुद्दा दायर गरेका हुन् । न्यायाधिश श्रीकृष्ण भट्टराईको एकल इजलासले ओलीलाई उक्त सजाय सुनाएको बताइएको छ ।

ओलीले कटुवाललाई रकमको चेक दिएपनि उनको खातामा रकम नभएपछि चेक बाउन्स भएपछि उनले पैसा पाएनन् । त्यसपछि कटुवालले ओलीविरुद्ध मुद्दा हालेका थिए ।

उक्त मुद्दामा गत जेठमा ओलीलाई तीनमहिना जेल सजाय र ३ हजार जरिवानासहित कटुवाललाई तिनुपर्ने पैसाको साँवा ब्याजसहित तिर्न आदेश दिएपनि अदालतको आदेश कार्यान्वयन नभएको भन्दै कटुवालले जिल्ला अदालतमा फैसलाको कार्यान्वयनको माग गर्दै निवेदन दिएका थिए ।

उक्त निवेदन पछि जिल्ला अदालतले म्याद तामेली सम्बन्धी वडामा र वडाले म्याद तामेल गर्दा पनि ओली उपस्थित नभएपछि पुन जरिवाना र बिगो बमोजिम कैद माग गर्दै २८ पुसमा फेरि मुद्दा दायर गरेका थिए । सोहि मुद्दाको फैसला गर्दै अदालतले ओलीलाई दुई वर्षको सजाय सुनाएको बताइएको छ ।

त्यस्तै चर्चित अभिनेता अनमोल केसीमाथि ठगीविरुद्धको उजुरी परेको छ ।  केसीमाथि फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरमेन्ट प्रालिबाट निर्माण हुन लागेको ‘धुपौरे’ मा खेल्ने सहमति गरे पनि केसीले फिल्म नखेलेर आफूहरुलाई धोका दिएको भन्दै ठगी मुद्दा दायर गरेको बताइएको छ ।

केसीले उक्त फिल्म खेल्नका लागि ५ लाख एडभान्स लिएको, तीन महिनासम्म जिम र एक्टिङ क्लासका लागि थप २ लाख ५० हजार र फिल्मका लागि अन्य कलाकार र टेक्निसियनलाई समेत ३० लाख अग्रिम रकम दिन लगाइ आफू सम्पर्क विहिन भएको पनि उजुरीमा उल्लेख रहेको बताइएको छ ।

वि.सं.२०७६ फागुन १७ शनिवार १३:५९ मा प्रकाशित

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...