back
CTIZAN AD

सुकुटे पुगेका अध्यक्ष प्रचण्डले भने-‘एमसीसी अनुमोदन हुँदैंन’

वि.सं.२०७६ फागुन १७ शनिवार

744 

shares

१७ फागुन, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाले एमससीका केही बुँदाहरु परिमार्जन नगरे संसदबाट अनुमोदन नहुने बताएका छन् ।

प्रेस संगठन नेपालद्धारा शनिबार सिन्धुपाल्चोकको सुकुटेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले एमसीसीका केही बुँदा परिमार्जनका लागि अमेरिकालाई आग्रह गरिने र परिमार्जन गर्न नमाने अनुमोदन नहुने तथा राष्ट्रहित विपरीत कुनैपनि सम्झौता नहुने दावी समेत गरे ।

अध्यक्ष दाहालले ५५ अर्बका लागि राष्ट्रहित विपरीत कुनैपनि सम्झौता नगर्ने बताउँदै एमसीसीका लागि बनाएको कार्यदलले दिएको सुझाव परिमार्जन भए मात्रै अनुमोदन हुने समेत बताए । उनले अमेरिकासँग नेपालको सुमधुर सम्बन्ध रहेको बताउँदै परिमार्जन गरिएमात्रै संसदबाट एमसीसी पारित गरिने समेत बताए ।

केहिदिनयता पार्टीभित्र देखिएको विवाद सामान्य रहेको बताएका अध्यक्ष दाहालले सचिवालयको निर्णय अनुसार राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमनै मोनोनित हुने बताउँदै तत्कालका लागि संविधान संशोधन नहुने समेत बताए थिए ।

वि.सं.२०७६ फागुन १७ शनिवार १३:२५ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...