back
CTIZAN AD

मन्त्री नेम्वाङको एकसय दिनको काम, नौ हजार बढी खाल्डा पुरियो, के-के भए त अन्य काम ?

वि.सं.२०७६ फागुन १७ शनिवार

732 

shares

१७ फागुन, काठमाण्डौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले आफ्नो १०० दिनको कामको विवरण सार्वजनिक गरेका छन् ।
मन्त्री नेम्वाङले शनिबार मन्त्रालयमै पत्रकार सम्मेलन गरेर आफ्नो १०० दिनको कामको फेहरिस्त सुनाएका हुन् ।

मन्त्री नेम्वाङले १०० दिनको अवधिमा सडक विभाग अन्तर्गत रहेका सडकहरुमा २४ हजार ३०० वर्गमिटर ( ९ हजार ५०० वटा ) खाल्डाखुल्डी पुरेको तथा २७ सय किलोमिटर सडक कालोपत्रे गरिएको जानकारी दिएका छन् । आफूले अघि सारेको ३ रणनीति अनुसार नीतिगत सुधार, सांगठनिक सुधार र विकासमा उपलब्धि हासिल गरेको समेत बताएका छन् ।

मन्त्री नेम्वाङले आगामी असार मसान्तसम्म काठमाण्डौं उपत्यकाका ८५ किमि सडक थप कालोपत्रे गर्ने लक्ष्य लिएको समेत बताउँदै कोटेश्वरको चोकको जाम व्यवस्थापनका लागि सडक चौडा गर्ने काम अघि बढेको, उपत्यकाको चक्रपथ अन्तर्गत ग्वार्को, सातदोबाटो, नख्खु चोकमा फ्लाइ ओभर राख्नका लागि डिपिआर तयार गरिएको तथा बालकुमारी, सातदोबाटो र एकान्तकुनामा आकासे पुलको निर्माण कार्य सुरु भइसकेको बताएका छन् । साथै काठमाण्डौं उपत्यकाका १७ वटा चोकहरुमा ट्राफिक लाइटको सुरुवात गरिएको, चक्रपथ विस्तारको दोश्रो खण्डको रुपमा कलंकी–महाराजगन्ज खण्डको विस्तार कार्य, चक्रपथको तीनकुने–एयरपोर्ट–तिलगंगा सडक खण्डलाई ८ लेनमा स्तरोन्नती गर्न डिपीआर तयार भइरहेको समेत बताएका छन् ।

त्यस्तै राष्ट्रिय गौरवका आयोजनमा मध्यपहाडी राजमार्ग अन्तर्गत १८ किमी सडक कालोपत्रे तथा ६ वटा पुलको निर्माण, हुलाकी सडक योजना अन्तर्गत ४८ किमी सडक कालोपत्रे र ५ वटा पुल निर्माण, उत्तर दक्षिण राजमार्गअन्तर्गत रहेका कालिगण्डकी करिडोरमा ३३ किमी सडक ग्रावेल तथा ३ वटा पुल निर्माण गरिएको पनि पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको विवरणमा उल्लेख गरेका छन् । साथै मदन भण्डारी राजमार्ग अन्तर्गतको २६ किमी सडक कालोपत्रे गरिएको र ११ वटा पुल निर्माण गरिएको बताएका छन् ।

त्यसैगरी सिद्र्धाथ राजमार्गको बुटवल–पाल्पा शिद्धबाबा खण्डमा सुरुङमार्गको निर्माणका लागि डिपीआर तयार गरी ठेक्का व्यवस्थापनको तयारी कार्य भएकोले केही समयभित्रै ठेक्का प्रक्रिया अगाडि बढाउने तयारी भएको समेत बताए ।
त्यस्तै कर्णाली राजमार्गमा ५.६ किमी ट्रयाक खोल्न सफल भएको, गल्छी–त्रिशुली, मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक खण्डमा ७ किमी कालोपत्रे गरिएको तथा ६ किमी बाटोमा ग्रावेल गरिएको समेत मन्त्री नेम्वाङले जानकारी दिएका छन् ।

मन्त्री नेम्वाङले चाबहिल–गौशाला डक खण्डको स्तरोन्नतीका लागि द्रुतगतिमा काम भइरहेको बताएका छन् । उक्त क्षेत्रमा खानेपानी तथा ढलहरु फुटेका कारण त्यसले सडकहरु अत्यन्तै जिर्णरहेको अवस्था भएकाले अस्थायीरुपमा गर्दा पुन ः समस्या आउने हुनाले त्यसको दिगो व्यवस्थापन गरिने समेत बताएका छन् ।

वि.सं.२०७६ फागुन १७ शनिवार १३:१२ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...