back
CTIZAN AD

पुरानै संरचना अनुरुप स्थानीय निर्वाचन – नेता कोइराला

वि.सं.२०७३ मंसिर २९ बुधवार

990 

shares

२९ मङ्सिर,बागलुङ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पुरानै संरचनामा स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ ।

नेका क्षेत्र नं १ बागलुङमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “‘पुरानै संरचनामा भएपनि स्थानीय तहको निर्वाचन गर्नुपर्छ ।’

नयाँ संरचनामा जाँदा ढिलो हुने अवस्था रहेकाले यसअघिकै गाविस र नगरपालिकाको निर्वाचन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले २०७४ माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेता कोइरालाले निर्वाचनसँगै संविधान पनि कार्यान्वयनमा जाने बताउनुभयो । “समयमै निर्वाचन नहुने हो भने संविधान खतरामा पर्ने अवस्था आउन सक्छ,” उहाँले भन्नुभयो – “निर्वाचनले मुलुकलाई सही दिशा निर्दिष्ट गर्छ, मुलुकको हित नचाहने तत्वको पनि पराजय हुन्छ ।”

उहाँले मधेसको समस्यालाई कम आँक्न गर्न नमिल्ने बताउँदै मधेसी, थारु, जनजातिलगायतका समस्यालाई राष्ट्रिय तहमा समाधान गर्नुपर्ने बताउनुभयो । केही दलले मधेसीको राष्ट्रियताप्रति अनावश्यक आशङ्का गरेको उहाँको भनाइ थियो । उहाँले राज्यका विभिन्न निकायमा अराजकता मौलाएकाले त्यसलाई तुरुन्त अन्त गर्नुपर्ने धारणा पनि राख्नुभयो ।

नेता कोइरालाले काँग्रेस पार्टीभित्र मौलाएको गुट–उपगुटप्रति पनि असन्तुष्टि पोख्दै त्यसले समस्या निम्त्याएको बताउनुभयो । प्रशिक्षण कार्यक्रम बिहीबारसम्म चल्नेछ । रासस

वि.सं.२०७३ मंसिर २९ बुधवार १५:१२ मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...