back
CTIZAN AD

दई सय रुपैयाँमा ल्यापटप, ५० रुपैयाँमा फ्रिज र ३३ रुपैयाँमा सिलिण्डर विक्रि !

वि.सं.२०७६ फागुन १९ सोमवार

801 

shares

१९ फागुन, ओखलढुंगा । जिल्ला समन्वय समिति (जिसस) ओखलढुंगाले लाखौं मूल्य पर्ने सामान कौडीको भाउमा विक्रि गरेको पाइएको छ । समितिले २२ वटा ल्यापटप चार हजार चारसय र तीन थान ग्यास सिलिण्डर सय रुपैयाँमा विक्रि गरेको फेला परेको छ ।

जिल्ला समन्वय अधिकारीको अध्यक्षतामा गठित समितिद्धारा पारित दररेटका आधारमा दुई थान जेनेरेटर एक हजार पाँचसय, चार थान टिभी चार हजार, पाँचथान डेस्कटप कम्प्युटर दुई हजार दुई सय रुपैयाँमा लिलाम गरिएको हो ।

त्यस्तै तीन थान कम्प्युटर टेवुल दुईसय, दुई थान फोटोकपी मसिन एक हजार, एकथान फ्रिज ५०, चारथान रिभल्बिङ कुर्सी सय रुपैयाँका दरले बिक्रि गरेको पाइएको छ । समितिले ७४ प्रकारका सामान लिलामीमा राखी बिक्रि गरेको जनाइएको सोमबारको नागरिक दैनिकमा उल्लेख छ ।

महालेखा परीक्षकको प्रारम्भिक लेखा परीक्षण प्रतिवेदन २०७६ अनुसार समितिले बिक्रि गरेको सामानको मूल्यमा विश्वस्त हुने आधार देखिदैन । नियम विपरीत लिलाम समिति गठन गरेर सामान विक्रि गरेको महालेखाले जनाएको छ । फाइल : फोटो

वि.सं.२०७६ फागुन १९ सोमवार ०८:३९ मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...