back
CTIZAN AD

अभिनेत्री श्वेता खड्काले बनाउने भइन् क्यान्सर हस्पिटल

वि.सं.२०७६ फागुन १९ सोमवार

834 

shares

काठमाडौँ । अभिनेत्री श्वेता खड्काद्वारा क्यान्सर हस्पिटलको निर्माण हुने भएको छ । यहि सोमबार गोदावरीको छप्पीमा हस्पिटलको भवन निर्माणको शिलान्यास गरिएको हो ।

अभिनेत्री श्वेता खड्काका श्रीमान् तथा नायक श्री कृष्ण श्रेष्ठको पनि क्यान्सरकै कारण मृत्यु भएको थियो । विवाह भएको एक महिना नपुग्दै उनले आफ्नो श्रीमान गुमाएकी थिइन् । त्यस्तै, श्वेताका भिनाजुको पनि क्यान्सरकै कारण मृत्यु भएको थियो । जीवनका प्यारा मान्छे क्यान्सरले गर्दा गुमाएका कारण उनले क्यान्सर हस्पिटलको निर्माण कार्यमा हात हालेकी हुन् ।

चलचित्र क्षेत्रमा भन्दापनि सामाजिक कार्यमा निकै व्यस्त रहेकी श्वेताले उपचार नपाएर कसैले संसार छोड्नु नपरोस र आफूले जस्तो पिडा अरुलाई नपरोस भन्ने सोच बनाएर क्यान्सर हस्पिटलको निर्माणमा जुटेकी हुन् । उनले नेशनल क्यान्सर अस्पतालबाट प्रभावित भएर यस काममा हात हालेको बताएकी छन् ।

अभिनेत्री श्वेताका अनुसार सय सय्या क्षमता भएको यस हस्पिटलको नाम नेशनल हस्पिटल एण्ड क्यान्सर रिशर्च सेन्टर राखिएको छ । यस हस्पिटलले क्यान्सर रोगको उपचार गर्नुका साथै क्यान्सरको बारेमा जनचेतना जगाउने काम पनि गर्नेछ । उनी क्यान्सरको लागी काम गरिरहेका केही टिमसँग सहकार्य गरेर यसको लागी, अगाडि बढेकी हुन् ।

वि.सं.२०७६ फागुन १९ सोमवार १४:०२ मा प्रकाशित

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...