३० मंसिर, काठमाडौँ । लामो समयदेखि चित्रकलामा लाग्नुभएका कलाकार अर्जुन खालिङको बुधबार ४१ वर्षको उमेरमा निधन भएको छ ।
सोलुखुम्बुको जिविङका खालिङ श्रीमती र छोरीसहित कोटेश्वरमा बस्दै आउनुभएको थियो । खालिङ कला लेखनको विभिन्न संस्थामा आबद्ध हुनुका साथै उहाँको कविता सङ्ग्रह पनि प्रकाशन भएको चित्रकलाकार शान्तकुमार राईले जानकारी दिनुभयो । रासस
वि.सं.२०७३ मंसिर ३० बिहीवार ०३:४२ मा प्रकाशित