back

उपत्यकाव्यापी बाँसुरी बाजा प्रतियोगितामा नगदेश अब्बल

वि.सं.२०७३ मंसिर ३० बिहीवार

525 

shares
GLOBAL IME AD
NTC AD

३० मंसिर, भक्तपुर । भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेला–२०१६ का अवसरमा आयोजित उपत्यकाव्यापी बाँसुरी बाजा प्रतियोगितामा नगदेशको झ्वापुननी बाँसुरी बाजा खलः प्रथम भएको छ । प्रथम भएसँगै उक्त खलःले रु २५ हजार नगद पुरस्कारसमेत हात पारेको छ ।

प्रतियोगितामा नगदेशकै नेवाः ऐतिहासिक सांस्कृतिक भजन खलः दोस्रो स्थान हात पार्न सफल भएको छ भने तेस्रो स्थान भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि भएको छ । प्रतियोगितामा दोस्रो र तेस्रो भएको समूहले क्रमशः रु १५ हजार र रु १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा भक्तपुरको श्री कविलास बाँसुरी बाजा खलः र पासा पुचः समूह सान्त्वना पुरस्कार पाउन सफल भएको प्रतियोगिता संयोजक एवम् उद्योग वाणिज्य सङ्घ कला संस्कृति प्रवद्र्धन समिति भक्तपुरका सभापति गणेशहरि प्रजापतिले जानकारी दिनुभयो । मेलामा गत आइतबार बाँसुरी बाजा प्रतियोगिता भएको थियो । उपत्यकाका विभिन्न आठ वटा समूहले सहभागिता जनाएको सो प्रतियोगिताको नतिजा बुधबार मेला समापनका अवसरमा सार्वजनिक गर्दै पुरस्कृत गरिएको हो ।

वि.सं.२०७३ मंसिर ३० बिहीवार ०३:४३ मा प्रकाशित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति र्पुयापछि भोजपुरका...

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

देवचुली । प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला कार्यक्रम सप्पन्न...

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२...