back
CTIZAN AD

उपत्यकाव्यापी बाँसुरी बाजा प्रतियोगितामा नगदेश अब्बल

वि.सं.२०७३ मंसिर ३० बिहीवार

1K 

shares

३० मंसिर, भक्तपुर । भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेला–२०१६ का अवसरमा आयोजित उपत्यकाव्यापी बाँसुरी बाजा प्रतियोगितामा नगदेशको झ्वापुननी बाँसुरी बाजा खलः प्रथम भएको छ । प्रथम भएसँगै उक्त खलःले रु २५ हजार नगद पुरस्कारसमेत हात पारेको छ ।

प्रतियोगितामा नगदेशकै नेवाः ऐतिहासिक सांस्कृतिक भजन खलः दोस्रो स्थान हात पार्न सफल भएको छ भने तेस्रो स्थान भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि भएको छ । प्रतियोगितामा दोस्रो र तेस्रो भएको समूहले क्रमशः रु १५ हजार र रु १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा भक्तपुरको श्री कविलास बाँसुरी बाजा खलः र पासा पुचः समूह सान्त्वना पुरस्कार पाउन सफल भएको प्रतियोगिता संयोजक एवम् उद्योग वाणिज्य सङ्घ कला संस्कृति प्रवद्र्धन समिति भक्तपुरका सभापति गणेशहरि प्रजापतिले जानकारी दिनुभयो । मेलामा गत आइतबार बाँसुरी बाजा प्रतियोगिता भएको थियो । उपत्यकाका विभिन्न आठ वटा समूहले सहभागिता जनाएको सो प्रतियोगिताको नतिजा बुधबार मेला समापनका अवसरमा सार्वजनिक गर्दै पुरस्कृत गरिएको हो ।

वि.सं.२०७३ मंसिर ३० बिहीवार ०३:४३ मा प्रकाशित

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...