back
CTIZAN AD

वन, मानव सभ्यताका लागि आवश्यक

वि.सं.२०७३ मंसिर ३० बिहीवार

996 

shares

३० मंसिर, हेटौँडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले जीवनसँग वनलाई जोड्नुपर्ने बताउनुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुरको जिल्ला परिषद् तथा जिल्लास्तरीय सामुदायिक वन स्रोत केन्द्र भवनको हेटौँडामा बुधबार शिलान्याश गर्दै उहाँले वन, मानव सभ्यताका लागि आवश्यक र अपरिहार्य रहेको बताउनुभयो ।

वनलाई गरिब, दलित, विपन्नवर्गको हितमा अधिकतम सदुपयोग गर्नुपर्ने बताउनु हुँदै उहाँले यसमा सामुदायिक वनले महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो । वनलाई वैज्ञानिक ढङ्गबाट व्यवस्थापन गर्न सके आयआर्जन र वनको उत्पादकत्वमा वृद्धि हुनेतर्फ ध्यान दिन सामुदायिक वन उपभोक्ता समूहलाई उहाँले आग्रह गनुभयो ।

महासङ्घको अगुवाइमा निर्माण हुन लागेको भवनका लागि आफूले सक्दो सहयोग गर्ने राज्यमन्त्री बानियाँले बताउनुभयो । सांसद् राजाराम स्यातानले वन संरक्षणमा आमउपभोक्ता लागिपरेको उल्लेख गर्नुभयो । सांसद् गणेश थापाले भवन निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।
रु एक करोड नौ लाखको लागतमा निर्माण हुने दुई तले पाँच कोठे पक्की भवनमा दुई सभाहल रहने छन् । भवन निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । मकवानपुरमा हस्तान्तरण भएका सामुदायिक वन समूह ४११ वटा छन् । महासङ्घमा ३२० वटा आबद्ध छन् ।

वि.सं.२०७३ मंसिर ३० बिहीवार ०३:४१ मा प्रकाशित

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...