back
CTIZAN AD

रग्वी सेभेन्सको उपाधि नेपाल आर्मी एले जित्यो

वि.सं.२०७३ मंसिर २९ बुधवार

909 

shares

२९ मङ्सिर,काठमाडौँ  । नेपाल आर्मी एले अन्तर क्लबस्तरीय रग्वी सेभेन्सको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पुरुषतर्फको फाइनल खेलमा नेपाल आर्मी एले गोर्खालीको पुरुष टोलीलाई शुन्यका बिरुद्ध पाँचले पराजित गर्दै उपाधि जितेको हो ।

निकै प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा पहिलो हाफ बराबरीमा समाप्त भयो । अधिकांश राष्ट्रिय टिमका खेलाडी रहेको गोर्खाली क्लब दोस्रो हाफमा आर्मीसँग निरह बन्यो । दोस्रो हाफको सुरुवातमै आर्मीले ट्राई गर्न सफल भयो । आर्मीका रमित कुमालले ट्राइ गर्दै अग्रता दिलाए ।

त्यसपछि प्राप्त कनभर्जन किक प्रहार गर्न आर्मी असफल भएपछि पाँच स्कोर मात्र प्राप्त ग¥यो । तर बाँकी समयमा गोर्खालीले ट्राइ गर्न नसके पनि पाँच स्कोरनै आर्मीको जितका लागि पर्याप्त भयो ।

प्रतियोगितामा गोर्खालीका नवीन गिरी उत्कृष्ट खेलाडी घोषित भए । गिरीले पाँच ट्राइ गर्दै सर्वाधिक २५ स्कोर गरेका थिए । पुरुषतर्फ काभे्रको आकाश भैरव क्लब तेस्रो भयो ।

त्यसैगरी महिलातर्फको खेलमा गोर्खाली रग्वी क्लबले उपाधि जित्यो । फाइनल खेलमा गोर्खालीले काठमाडौँ वुमन्स रग्वी क्लबलाई १७ का बिरुद्ध २०¬ स्कोरले हराउँदै उपाधि जितेको हो । प्रतियोगितामा नेपाल वुमन्स रग्वी क्लब तेस्रो भयो ।

महिलातर्फ उत्कृष्ट खेलाडी काठमाडौँकी मनिषा थापामगर चुनिन । प्रतियोगिताको विजेता टोलीले ट्रफी तथा मेडल र दोस्रो हुने टोलीले मेडल प्राप्त गरे । प्रतियोगिताको विजेतालाई नेपाल रग्वी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङ र उपाध्यक्ष गोविन्द भट्टराईलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

लिग कम नकआउटका आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा महिलातर्फ चार तथा पुरुषतर्फ सात टोलीको सहभागिता रहेको थियो । रासस

वि.सं.२०७३ मंसिर २९ बुधवार १५:१८ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...