back

आजको धितोपत्र शेयर बजार दोहोरो अङ्कले वृद्धि

वि.सं.२०७६ फागुन २० मंगलवार

507 

shares
GLOBAL IME AD
NTC AD

२० फागुन, काठमाडौँ । सोमबार उच्च अङ्कले ओरालो लागेर सर्किट ब्रेक लागि बन्द भएको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १८.५४ विन्दुले बढेर एक हजार ५१३.८३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.३५ विन्दुले बढेर ३२४.७८ मा पुगेको छ । नेप्से उकालो लाग्दा कारोवार रकम पनि बढेको छ । आज कूल १८० कम्पनीको ७२ लाख दुई हजार २३६ कित्ता शेयर रु तीन अर्ब ४० करोड ४७ लाख ८४ हजार ९९९ बराबरको कारोवार भयो ।

नेप्सेका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ भने दश उपसमूहको शेयरमा वृद्धि भएको छ । व्यापार १०.२८ र लघुवित्त १०४.४ विन्दुले घटेको छ । यस्तै बैंकिङ २४.४, होटल १३.८७, विकास बैंक २२.२१, जलविद्युत् ४.६५, वित्त ७.६९, निर्जीवन बीमा १९६.५१, उत्पादन ५०.८२, अन्य ६.२९, जीवन बीमा २२६.५३ र सामूहिक लगानी कोष ०।३ विन्दुले बढेको छ ।

कारोवारका आज नेपाल लाइफ इन्सुरेन्स शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ३६ करोड ४४ लाख ३९ हजार २९२ बराबरको शेयर कारोवार भई शीर्षस्थानमा रह्यो । यस्तै एनएमबी बैंक रु २३ करोड २२ लाख ३० हजार १४३, एनआइसी एसिया बैंक रु १६ करोड ८१ लाख १८ हजार ४३६, हिमालयन डिस्टिलरी रु १३ करोड पाँच लाख ५१ हजार ३६९, नबिल बैंक रु ११ करोड पाँच लाख सात हजार ८४७, एभरेष्ट बैंक रु नौ करोड ५८ लाख दुई हजार ८६८ र ग्लोबल आइएमई बैंकको रु आठ करोड ७१ लाख ९३ हजार ७२० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मञ्जुश्री फाइनान्स ९।९२, एभरेष्ट इन्सुरेन्स ८.८५, युनाइटेड इन्सुरेन्स ७.६७, रिडी हाइड्रोपावर ६.९०, सगरमाथा इन्सुरेन्स ६.८५ नेको इन्सुरेन्सका शेयरधनीले ६.६७ प्रतिशतले कमाए । यस्तै, स्वदेशी लघुवित्त १०, एनएमबी माइक्रोफाइनान्स ९.९९, स्पर्श लघुवित्त ९.२९, स्वावलम्बन लघुवित्त ८.०८, ग्लोबल आइएमई लघुवित्त ७.७९, जनउत्थान लघुवित्त ७.५५, साना किसान विकास बैंक ६.६९ र सबैको लघुवित्तका शेयरधनीले ६.५५ प्रतिशतले गुमाए ।

वि.सं.२०७६ फागुन २० मंगलवार १६:३६ मा प्रकाशित

इला होटल–मौलाकाली केबलकारमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

इला होटल–मौलाकाली केबलकारमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडाैँ । इला होटल्स एन्ड रिसोर्ट्स तथा मौलाकाली केबलकारमा प्रभु...

संचालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक

संचालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक

काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

जनकपुरधाम भन्सारबाट ३४ करोड २८ लाख राजस्व सङ्कलन

जनकपुरधाम भन्सारबाट ३४ करोड २८ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म रु...

यार्सा सङ्कलनका लागि स्थानीय बासिन्दा पाटनतिर

यार्सा सङ्कलनका लागि स्थानीय बासिन्दा पाटनतिर

मुगु । जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको...