back
CTIZAN AD

उच्च अदालतमा ३६८ फौजदारी मुद्दा दर्ता

वि.सं.२०७३ मंसिर ३० बिहीवार

1.1K 

shares

 ३० मङ्सिर,वीरगन्ज । सङ्घीय संरचनाअनुसार गठन भएको उच्च अदालत, वीरगन्जमा हालसम्म तीनसय ६८ वटा फौजदारी मुद्दा दर्ता भएका छन् ।

नेपाल सरकारको निर्णयअनुसार चालु आर्थिक वर्षको असोजमा गठन भएको सो अदालतले पर्सा, बारा तथा रौतहट गरी तीन जिल्लाका जनतालाई छिटोछरितो न्याय सेवा प्रदान गर्दै आएको अदालतका सहन्यायाधिवक्ता डा गोपीचन्द्र भट्टराईले बताउनुभयो ।

अदालतमा प्राप्त जानकारीअनुसार उच्च सरकारी वकिल कार्यालय, हेटौँडाबाट सरिआएका मुद्दा दुईसय १६, उच्च अदालत वीरगन्जमा दर्ता भएको मुद्दा ७८, प्रतिवादीको पुनरावेदन परी सरिआएका मुद्दा १३ र रिट निवेदकको मुद्दा १६ वटा जसमध्ये हेटौँडाबाट सरिआएका मुद्दा एक सयवटा रहेका छन् ।

यसैगरी, अदालत बन्दोबस्तको १७ नं बमोजिम दर्ता भएका मुद्दा ४७ वटामध्ये सातवटा फछ्र्यौट भएको छ । हेटौँडा अदालतबाट फछ्र्यौट भइआएका मुद्दा १४ वटा रहेका छन् । उच्च अदालत वीरगन्जको आफ्नो क्षेत्राधिकारभित्र रहेको जिल्लाका जनतालाई छिटोछरितो न्याय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरुप काम भइरहेको जानकारी गराइएको छ । रासस

वि.सं.२०७३ मंसिर ३० बिहीवार ०५:२५ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...