back
CTIZAN AD

प्रहरीको ‘परफर्मेन्स अडिट’ – डिएसपीसहित ६५ प्रहरी कारबाहीमा

वि.सं.२०७६ फागुन २२ बिहीवार

768 

shares

२२ फागुन, काठमाडौँ । सिनामंगलस्थित पवितादेवी अर्यालको घरलाई हतियारसहितका केही अपरिचितले अचानक घेरा हालेर जबर्जस्ती भित्र प्रवेश गरे । बन्द कोठाको ताल्चा फोरे । अनि खानतलासी लिन सुरु गरे । अर्याल अवरोधमा उत्रिएपछि खानतलासी लिने प्रहरी कर्मचारी रहेको खुल्यो ।

विनाकारण प्रहरीको खानतलासीबाट आक्रोशित अर्यालले महानगरीय प्रहरी वृत्त गौशालामा फोन गरिन् । तर, गौशाला प्रहरीले खानतलासीका लागि कुनै पनि टोली नखटिएको जानकारी पाएपछि अर्याल झन आश्चर्यमा परिन । घटनास्थल निरीक्षणका लागि गौशाला वृत्तबाट प्रहरी टोली पुग्यो । अनि पत्ता लाग्यो– खानतलासी लिने गौशाला वृत्तको नभई महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी रहेछन् ।

सिनामंगल गौशाला वृत्तको क्षेत्राधिकारभित्र पर्छ । तर, स्वयम्भूका प्रहरी टोली खानतलासी लिन सिनामंगल कसरी पुग्यो ? घटना रिपोर्टिङ हुँदै महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुग्यो । अनुसन्धानका लागि कार्यालयले एसपी रेवती ढकालको नेतृत्वमा पाँचजना प्रहरी टोली खटायो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट गठित ‘परफर्मेन्स अडिट टिम’ले मातहतका प्रहरी कार्यालय अनुगमनपछि आचरणविपरीत गतिविधिमा संलग्न प्रहरी कर्मचारीविरुद्ध गरेको कारबाहीका केही उदाहरण हुन् यी ।

२२ पुसबाट परिचालित टिमले दुई महिनाको अवधिमा आचरणविपरीतका गतिविधिमा संलग्न ६५ जना प्रहरी कर्मचारीलाई कारबाही गरेको छ । कारबाही गरिनेमा डिएसपीदेखि सिपाहीसम्मका प्रहरी कर्मचारी छन् । जसमध्ये चार सइ, एक हवल्दार र चार प्रहरी जवानसहित नौजनालाई नसिहत दिइएको छ । बिहीबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ फागुन २२ बिहीवार ०८:२६ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...