back
CTIZAN AD

कोरोना त्रास -५४ हजार कैदी रिहा

वि.सं.२०७६ फागुन २२ बिहीवार

717 

shares

२२ फागुन, इरान । इरानको कारागारहरूमा भएको चापका कारण कोरोना भाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४ हजारभन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ ।

इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट कोभिड–१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताएका छन् ।

यद्यपि पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका “सुरक्षासँग सम्बन्धित कैदीहरू“लाई भने छाडिएको छैन ।
उनका पतिले शनिबार तेहरानको एविन जेलमा रेट्क्लिफलाई कोभिड–१९ भएको र त्यहाँका अधिकारीहरूले परीक्षण गराउन नमानेको बताएका थिए ।

कोरोना भाइरस सङ्क्रमणको कारण ७९ व्यक्तिको मृत्यु भइसकेको छ भने दुई हजार ५०० व्यक्ति सङ्क्रमित रहेका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या तीन हजार २०० नाघेको बुधबार जनाइएको छ ।
गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ७६ भन्दाबढी देशहरूमा फैलिएको छ ।

यस भाइरसका कारण विश्वभरि कम्तीमा ९० हजारभन्दा बढी सङ्क्रमण भएको पुष्टि भएको छ । उता संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट ९ जनाको मृत्यु भएको छ ।

यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेका बेला अमेरिकामा पनि ९ जनाको ज्यान गएको अधिकारीको भनाइ छ ।

वि.सं.२०७६ फागुन २२ बिहीवार ०८:३८ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...