back
CTIZAN AD

अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि गल्कोट स्पोर्ट्स क्लव टोकियोद्धारा आर्थिक सहयोग

वि.सं.२०७६ फागुन २२ बिहीवार

2K 

shares

२२ फागुन, जापान । ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने मुख्य नाराका साथ सन् २०१५ मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले धुर्मुस सुन्तली फाउन्डेशनमार्फत् भरतपुरमा निर्माण हुन लागेको अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि चारलाख पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

उक्त रकम गल्कोट समाज चितवनका पदाधिकारीहरुको समन्वयनमा हस्तान्तरण गरेको छ ।

‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने मुख्य नाराका साथ सन् २०१५ मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले स्थापनाकालदेखिनै नेपालको राष्ट्रिय खेल भलिबल मार्फत् जापानमा रहने खेलाडीहरुलाई एउटै मालामा उन्ने कार्य गर्दै आएको छ ।

यसले स्थापनाकालदेखि नै निरन्तर खेलकुद क्षेत्रसँगै सामाजिक कार्यहरुमा पनि थुप्रै यस्ता आर्थिक सहयोग गर्दै आईरहेको छ । यसैको निरन्तरता अन्तर्गत क्लवले धुर्मुस सुन्तली फाउण्डेशनलाई उक्त रकम सहयोग गरेको बताइएको छ ।

सन् २०१७ मा जापान भ्रमणका अबसरमा क्लवको तेस्रो बार्षिकोत्सवमा सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई धुर्मुस सुन्तली फाउण्डेशनका लागि क्लवले एकलाख सहयोग स्वरुप हस्तान्तरण गरेको थियो ।

प्रत्येक नेपाली नयाँबर्ष तथा क्लवको बार्षिकोत्सवको उपलक्ष्यमा जापानमा रनिंग कप भलिबल प्रतियोगिता गर्ने र त्यसबाट हुन आएको मुनाफाबाट खेलसँग सम्बन्धित क्षेत्रमा प्रत्येक बर्ष सहयोग गर्दै आएको । यसबर्ष भने कोरोना भाईरसका कारण जापान सरकारले गरेका केही निर्णयलाई मनन गर्दै केही समय पछाडि अर्थात् २०२० मे महिनाको अन्तिमतिर यहाको अबस्था हेरेर प्रतियोगिता गर्ने समेत जानकारी क्लवले दिएको छ ।

उक्त प्रतियोगितामा पनि सबैको साथ सहयोगले पुनः यस्तै सामाजिक कार्यमा निरन्तर सक्रिय रहने बिश्वास लिएको क्लवका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिएका छन् ।

वि.सं.२०७६ फागुन २२ बिहीवार ०८:५४ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...