२३ फागुन, काठमाण्डौं । नेपाल पत्रकार महासंघले ऐक्यबद्धता तथा संसारन्युजकी सम्पादक मीना तिवारी लगायत वरिष्ठ महिला महिला पत्रकारहरुलाइ सम्मान गरेको छ ।
११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसर पारेर नेपाल पत्रकार महासंघ, केन्द्रीय महिला समितिले बिहीबार ‘महिला पत्रकार साँस्कृतिक महोत्सव २०७६’ आयोजना गरेको सो कार्यक्रममा वरिष्ठ महिला पत्रकारहरु, महासंघको प्रदेश समितिका महिला उपाध्यक्ष, महिला फोटो पत्रकार तथा सगरमाथाको सफल आरोहण गर्ने महिला पत्रकारहरुलाई सम्मान गरेको हो ।

लक्ष्मी पुनको सभापतित्व रहेको सो कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सम्मानित पत्रकारहरुलाई बधाई दिँदै पत्रकारिता क्षेत्रमा महिला पत्रकारको संख्या कम रहेको भएतापनि पेशाप्रतिको आकर्षण बढ्दै गएको बताएका थिए । मन्त्री भट्टराईले थप कार्ययोजनाका साथ अघि बढ्नु पर्ने बताउँदै महिला पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिम तथा आवश्यक सहयोगका लागि सहकार्य गर्न सरकार तयार रहेको समेत बताएका थिए ।

कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले महिला पत्रकारको समस्या समग्र महिलाहरुको समस्या रहेको भन्दै त्यसको समाधानका लागि पत्रकारहरुलाई रचनात्मक ढंगले सुझाव दिन आग्रह गरेकी थिइन । उनले नीति निर्माण गर्ने ठाउँमा महिला प्रतिनिधित्व अझै कम रहेको भन्दै सबैले आ–आफ्नो स्थानबाट दवाव सिर्जना गर्नुपर्ने धारणा राखेकी थिइन् ।

सो कार्यक्रममा २५ बर्षदेखी निरुन्तर पत्रकारीतामा सक्रिय बरिष्ठ महिला पत्रकारहरु निर्मला आचार्य, सुषमा गौतम, किरणप्रभा तुलाधर, रीता गुरुङ, सरस्वती शर्मा, रोशना तुलाधर, बेन्जु सरोज, सम्झना कर्माचार्य, मञ्जु मिश्र, रचना श्रेष्ठ, रमिता लामा, उषा लोहनी, संगीता लामा, बिनिता चौधरी, यशोदा तिम्सिना, मन्टेश्वरी राजभण्डारी, राधा बुढाथोकी, पुनम पौडेल, गंगा बराल, निर्मला शर्मा, बबिता बस्नेत, हरिकला अधिकारी, सुचित्रा श्रेष्ठ, रश्मिला प्रजापति, नम्रता शर्मा, कुसुम बज्राचार्य, संगीता बर्मा, शुभेच्छा विन्दु, डम्मर आचार्य, मन गहिरे, मीना तिवारी, बाला अधिकारी, अस्मिता भण्डारी र कोमल वलीलाई सम्मान गरिएको थियो ।

यसैगरी फोटो पत्रकारहरु उषा तितिक्षु, सुनिता डंगोल, उमा विष्ट, बिजु महर्जन, लक्ष्मी श्रेष्ठ, रेजिना मल्ल, ममता कोइराला, कविता थापा, बर्षा शाह, प्रतिक्षा काफ्ले, रेखा शाक्य, पूर्णिमा श्रेष्ठ, प्रेरणा लक्ष्मी शाक्य, निशा भण्डारी, चन्द्रकला क्षेत्रीलाइ पनि सम्मान गरीएको थियो ।
जनगायक जेवी टुहुरे, जीवन शर्मा र आधुनिक गायक थानेश्वर गौतमले गीत प्रस्तुत गनुृभएको सो कार्यक्रममा गीत, गजल तथा नृत्यतर्फ उत्कृष्टहुने पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा यशोदा अधिकारी,उषा लोहनी, ज्योति अधिकारी, निरु गौतम, लक्ष्मी पौडेल, सम्झना पौडेल, सरिता चलाउने, मिमन बुढाथोकी, पूजा शर्मा, आस्था केसी लगायतले गजल तथा कविता प्रस्तुत गरेका थिए । कविता तथा गजलतर्फ प्रथम आस्था केसी, द्वितीय यशोदा अधिकारी र तृतीय सम्झना पौडेल भएका थिए भने नृत्यतर्फ प्रथम सृष्टि काफ्ले, द्वितीय सतिदेवी र तृतीय कविता अधिकारी भएका थिए ।
नेपाल पत्रकार महासंघले वरीष्ठ महिला पत्रकारहरुलाइ स्मरण गरेर सम्मान गरेको यो संभवत पहिलो कार्यक्रम हो ।
वि.सं.२०७६ फागुन २३ शुक्रवार ०८:४७ मा प्रकाशित






























