back
CTIZAN AD

भारतमा कोरोना भाइरस ३० व्यक्तिमा सङ्क्रमणको पुष्टि

वि.सं.२०७६ फागुन २३ शुक्रवार

885 

shares

२३ फागुन, नयाँ दिल्ली ।  भारतमा कोरोना भाश्इरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बिहीबारसम्म ३० पुगेको छ ।

प्राप्त पछिल्लो सूचनाअनुसार भाइरसबाट सङ्क्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

यसअघि बिहीबार नै सङ्घीय स्वास्थ्यमन्त्री डा हर्षबर्धनले यही मार्च ४ देखि अहिलेसम्म २९ जना सङ्क्रमित भएको बताएका छन् ।

राज्यसभामा बोल्दै उनले भने, “देशभर यही मार्च ४ देअि अहिलेसम्ममा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २९ पुगेको छ ।”उनले आफू र आफ्नो टोलीले कोरोना भाइरस फैलिएको अवस्थाको अनुगमन र मूल्याङ्कन गर्दै समीक्षा र विश्लेषण गरिरहेको पनि जानकारी दिए ।

कोरोनाको सङ्क्रमण देशभित्र प्रवेश गर्न नदिन सरकारको तर्फबाट गत जनवरी १७ देखि नै विभिन्न प्रयासहरू गरिरहेको मन्त्री बर्धनले बताए ।विश्व स्वास्थ्य सङ्गठनको सुझाब र आग्रह अगाडि नै आफूहरूले सावधानीस्वरूप काम थालिसकेको दाबी उनले गरे ।

उनले सरकारका तर्फबाट गम्भीरतापूर्वक काम भइरहेको पनि दाबी गरे । देशका उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाललगायतका नाकाहरूमा विशेष टोलीद्वारा अनुगमन नियन्त्रण र व्यवस्थापनको काम गरिएको उनले सदनलाई जानकारी दिए ।कोरोनाका कारण बिहीबारसम्म संसारभर तीनहजार २०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार ०८:३९ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...