back
CTIZAN AD

कोरोनाबाट जोगिन भन्दै विद्यालय बन्द गर्ने धनगढी उपमहानगपालिकाको निर्णय

वि.सं.२०७६ फागुन २३ शुक्रवार

792 

shares

कैलालीको धनगढी उपमहानगपालिकाले कोरोनाको जोखिमबाट बच्च भन्दै आफ्नो उपमहानगरका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । विश्वका विभिन्न देशमा कोरोना भाइरस फैलिँदै गइरहेको भन्दै त्यसबाट जोगिनका लागि उपमहानगपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नगर क्षेत्रका सबै माध्यमिक तहसम्मका शैक्षिक संस्थाहरू बन्द निर्णय उपमहानगरपालिकाले गरेको हो । उपमहानगरपालिकाको निर्णय अनुसार आइतबारदेखि लागू हुने गरी शैक्षिक संस्था बन्द गर्न निर्देशन जारी गरिएको छ।

‘यस उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू लगायत सम्पूर्ण शिक्षण संस्थाहरूमा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षालगायत पठनपाठनका सम्पूर्ण क्रियाकलापहरू अर्को सूचना नभएसम्म आइतबारदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरिएको व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र आम नगरबासीमा जानकारी गराइन्छ’ नगरप्रमुख नृपबहादुर वडद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै सरकारले चैत ५ गतेभित्र वार्षिक परीक्षा सक्न निर्देशन दिएको थियो। तर, उपमहानगरपालिकाले त्योभन्दा अगावै विद्यालय बन्द गर्ने निर्णय गरेपछि वार्षिक परीक्षा अनिश्चित हुने भएको छ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १५:०६ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...