२३ फागुन, साउदि । खाडी मुलुकमा कार्यतर नेपाली महिला र पुरुष घरेलु कामदारको रुपमा पठाउँदा आइपर्ने सम्भाव्य असर, चुनौती, समस्या, सुझाव र निदान सहित सुझाव संकलन गर्ने उद्धेश्यले स्थलगत अनुगमन र अध्यनका लागि साउदी आएका विज्ञहरुको विशेष टोलीलाई गैरआवासीय नेपाली संघ साउदीले संस्थागत रुपमा ध्यानाकर्षण अनुरोधपत्र हस्तान्तरण गरेको छ ।
भ्रमणमा टोलिमा रहेका उद्योग, बाणिज्य, श्रम तथा तथा उपभोक्ता हित समिति सभापति विमल प्रसाद श्रीबास्तव, सांसदहरु गोपाल बहादुर बम, सांसद दुर्गा कुमारी विश्वकर्मा, प्रमोद शाह, भिमसेन दास प्रधान सुर्य नारायण यादव, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक, संसद भवनका उपसचिव शिव दत्त बराल, श्रम मन्त्रालका उपसचिव केशवराज सुवेदी, शाखा अधिकृत रबिलाल नेपाली लगायत नेपाली राजदूतावास रियादका प्रतिनिधि संलग्न गरि प्रवासी नेपाली समन्वय समिती (PNCC) ले साउदि अरबको पुर्वी प्रान्त दम्माममा यहाँ कृयशिल नेपाली संघसंस्था एवम् नेपाली जनसमुदाय विच ५ मार्चमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
सोही कार्यक्रमका दौरान गैरआवासीय नेपाली संघ साउदि अरबले तपसिलका बुंदाहरु समेटि संस्थागत रुपमा ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको संघका अध्यक्ष तेज बहादुर थापाले संसारन्युजलाई बताएका छन् ।

यस्तो छ ध्यानाकर्षण गरिएको विषय
नेपाली महिलाहरू घरेलु कामदारको रूपमा साउदि अरबमा आइ कामगर्दा तपसिलका समस्याहरू ब्यहोरिरहेको सर्बबदितै छ । तसर्थ बिधमान कानुन अनुसार कामदार ल्याउन कुनै किसिमको संझौता नगर्न र नगराउनु हुन बिनम्र अनुरोध गर्दछौं ।
तपसिलः
१-लेबर कानुनको शून्यताः घरेलु महिला कामदारहरूलाइ बिद्यमान लेबर कानुनले नछुने हुंदा तलब सेवा सुविधाहरू पाउने÷ नपाउने कुनै सुनिश्चिता नहुने ।
२-काम गर्ने समयावधि नभएकोः घरेलु महिला कामदारहरू बिहान ३ बजेदेखि राति १२ सम्म काममा खटिइनुपर्ने बाध्यता,बिना कारण घर मालिक्निबाट शारिरिक, मानसिक यातना, मालिकबाट यौन शोषणको शिकार हुनुपर्ने ।
३-विदा विहिनः साप्ताहिक, मासिक कुनै बिदा नपाइने, बिरामि हुंदासमेत काम गर्नुपर्ने ।
४-करार अवधिको अन्यौलताः रोजगार करार अबधि (ऋयलतचबअत एभचष्यम) को टुंगो नहुनेहुदा स्वदेश फर्कन निकै समस्या भोग्नुपर्ने ।
५-अन्यः घर परिवारसँग फोन संपर्क गर्न पनि नपाइने, मासिक रूपमा तलब नपाउने, पैसा पठाउन पनि आफू जान नपाइने ।

यस्ता बिविध कारणहरूले गर्दा हालको अवस्थामा नेपाली महिलाहरू घरेलु कामदारको रूपमा साउदि अरब आउन वा पठाउन उपयुक्त र सुरक्षित गन्तव्य नभएले नेपाल सरकार तथा सरोकारवालाहरूको ध्यानाकर्षण सहित संस्थागत रूपमा यो ज्ञापनपत्र बुझाँंछौ ।
अन्तमा: जनरल कामदारहरूका सम्बन्धमा नेपाल सरकारले तोकेको सेवा शूल्क अपारदर्शी तथा ब्यबहारिक नभएकोले कामदारबाट लाखौं लिएर रू. १०,००० मात्रैको रसिद दिनुले गर्दा कामदार झन ठगिको शिकार हुंदै आइरहेका छन् । तसर्थ बैदेशिक रोजगारमा आउने कामदारबाट कति रकम लिने हो यकिन गरि सम्बन्धित कामदारले नै बैदेशिक रोजगार विभागको बैंक खातामा जम्मा गर्ने र सम्बन्धित म्यानपावरलाइ सरकारले नै उक्त रकम बैंकमार्फत जम्मा गरिदिने ब्यबस्था होस्, यसबाट कामदार ठगिहुनबाट जोगिनुका साथसाथै सरकारले म्यानपावरबाट आम्दानि अनुसारको राजस्व पाउनेमा पनि पारदर्शीता हुने छ भन्ने संस्थागत धारणा राख्दै यहाँहरुको साउदी भ्रमणले यहाँ रहेका नेपाली श्रमिकहरुको हालको धरातलिय अवस्था र घरेलु महिला कामदारहरूको विषयमा अध्यन गरि निष्कर्षमा पुग्न सहज होस् भन्ने संस्थाले अपेक्षा राखेको छ ।’
वि.सं.२०७६ फागुन २३ शुक्रवार १५:०२ मा प्रकाशित






























