back
CTIZAN AD

विश्व शान्ति स्थापनाका लागि सुरक्षाकर्मी पठाउने मुलुकमध्ये नेपाल चौथो स्थानमा

वि.सं.२०७६ फागुन २३ शुक्रवार

750 

shares

२३ फागुन, काठमाण्डौं । संयुक्त राष्ट्र संघको आव्हानमा विश्व शान्ति स्थापनाका लागि सुरक्षाकर्मी पठाउने मुलुकमध्ये नेपाल चौथो स्थानमा परेको छ ।

विश्वका १२२ Troops and Police Contributing Country (TPCC)  मध्ये १ जनवरी २०२० देखि नेपाल पाँचौ स्थानबाट चौथो स्थानमा उक्लन सफल भएको छ ।

हाल संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यका लागि विभिन्न १२ वटा द्धन्द्धग्रस्तु मुलुकमा तैनाथ गरिएका नेपाली कण्टिन्जेण्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरु गरि जम्मा ५,६५८ (पाँच हजार छ सय अन्ठाउन्न) जना सुरक्षाकर्मीहरु कार्यरत रहेको बताइएको छ ।

नेपाली सेनाका ५,०९६ (पाँच हजार छयानब्वे) जना शान्ति सैनिक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५६२ (पाँच सय बैसाठ्ठी) जना फौज विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ रहेका छन् ।

पहिलोपटक सन् १९५८ मा United Nations Observation Group in Lebanon (UNOGIL) मिशनमा नेपाली सेनाको तर्फबाट ५ जना सैनिक पर्यवेक्षक सहभागी भएका थिए भने हालसम्म १,२९,८९९ (एक लाख उनान्तीस हजार आठ सय उनान्सय) जना सैनिकहरुले सहभागिता जनाईसकेका छन् ।

नेपाली सेनाका १,४०१ (एक हजार चार सय एक) जना महिला शान्ति सैनिकहरुले सहभागिता जनाईसकेका छन् भने हाल १८१ (एक सय एकासी) जना महिलाहरु विभिन्न मिशनहरुमा कार्यरत रहेको पनि नेपाली सेनाले जनाएको छ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार २१:३० मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...