back

विश्व शान्ति स्थापनाका लागि सुरक्षाकर्मी पठाउने मुलुकमध्ये नेपाल चौथो स्थानमा

वि.सं.२०७६ फागुन २३ शुक्रवार

414 

shares
GLOBAL IME AD
NTC AD

२३ फागुन, काठमाण्डौं । संयुक्त राष्ट्र संघको आव्हानमा विश्व शान्ति स्थापनाका लागि सुरक्षाकर्मी पठाउने मुलुकमध्ये नेपाल चौथो स्थानमा परेको छ ।

विश्वका १२२ Troops and Police Contributing Country (TPCC)  मध्ये १ जनवरी २०२० देखि नेपाल पाँचौ स्थानबाट चौथो स्थानमा उक्लन सफल भएको छ ।

हाल संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यका लागि विभिन्न १२ वटा द्धन्द्धग्रस्तु मुलुकमा तैनाथ गरिएका नेपाली कण्टिन्जेण्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरु गरि जम्मा ५,६५८ (पाँच हजार छ सय अन्ठाउन्न) जना सुरक्षाकर्मीहरु कार्यरत रहेको बताइएको छ ।

नेपाली सेनाका ५,०९६ (पाँच हजार छयानब्वे) जना शान्ति सैनिक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५६२ (पाँच सय बैसाठ्ठी) जना फौज विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ रहेका छन् ।

पहिलोपटक सन् १९५८ मा United Nations Observation Group in Lebanon (UNOGIL) मिशनमा नेपाली सेनाको तर्फबाट ५ जना सैनिक पर्यवेक्षक सहभागी भएका थिए भने हालसम्म १,२९,८९९ (एक लाख उनान्तीस हजार आठ सय उनान्सय) जना सैनिकहरुले सहभागिता जनाईसकेका छन् ।

नेपाली सेनाका १,४०१ (एक हजार चार सय एक) जना महिला शान्ति सैनिकहरुले सहभागिता जनाईसकेका छन् भने हाल १८१ (एक सय एकासी) जना महिलाहरु विभिन्न मिशनहरुमा कार्यरत रहेको पनि नेपाली सेनाले जनाएको छ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार २१:३० मा प्रकाशित

यौनजन्य क्रियाकलापमा लगाउने तीन जना पक्राउ

यौनजन्य क्रियाकलापमा लगाउने तीन जना पक्राउ

कास्की । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार...

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध,...

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

काठमाडौँ । केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले...

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति पौडेल

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०/२०८१...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको निधन

मोन्टेभिडियो । उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...