नायिका, समाजसेवी तथा व्यवसायी समेत रहेकी नायिका स्वेता खड्का साडीमा अझ सुन्दर देखिएकी छन् ।
त्यसो त सबै प्रकारका ड्रेसमा सुन्दर देखिइने स्वेताले चुनौतीहरुले नै जिन्दगीलाई रोमान्चक बनाउने र यसैमा तपाईको जिन्दगीको महत्व निर्माण हुने बताउँदै मिठो मुस्कान सहितको फोटोहरु सामाजिक संजालमा अपडेट गरेकी छन् ।

पछिल्लो समय फिल्म क्षेत्र भन्दा समाजिक क्षेत्रमा रमाउन थालेकी स्वेताले केही निद अघिमात्र आफ्ना दिवंगत श्रीमान श्रीकृष्ण श्रेष्ठको सम्झनामा ललितपुरको गोदावरी नगरपालिकास्थित छम्पीमा निर्माण हुन लागेको नेशनल हस्पिटल एण्ड क्यान्सर रिर्सच सेन्टरको सिलान्यास समेत गरेकी छन् ।



वि.सं.२०७६ फागुन २३ शुक्रवार २१:०५ मा प्रकाशित





























