२३ फागुन, काठमाण्डौं । नेपाल सरकार, मन्त्रीपरिषद्को फाल्गुन १८ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नती भएका नेपाली सैनिक वार कलेजका सहायक रथी सुरेश कुमार कार्कीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
जंगी अड्डामा शुक्रबार आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
उपरथी दर्जामा पदोन्नति भएका उपरथी कार्कीलाई मध्य पूर्वी पृतना हे।क्वा। को पृतनापतिको जिम्मेवारी समेत दिईएको छ ।
वि.सं.२०७६ फागुन २३ शुक्रवार २१:४१ मा प्रकाशित






























